मोज्तबा खामेनीले स्थितिलाई पूर्ण रूपमा नियन्त्रण गरिरहेका छन् : इरान
सारांश
- इरानका विदेशमन्त्रीले सर्वोच्च नेता खामेनीको स्वास्थ्य अवस्था राम्रो रहेको बताए ।
- खामेनी ८ मार्चमा नियुक्त भएपछि सार्वजनिक रूपमा देखा परेका छैनन्, तर उनको सम्बोधन प्रसारण गरिएको थियो ।
- इरानले युद्ध अन्त्यका लागि क्षेत्रीय पहललाई स्वागत गर्ने र हर्मुज जलडमरु खुला रहने बताएको छ ।
काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था राम्रो रहेको अनि वर्तमान परिस्थितिलाई पूर्ण रूपमा नियन्त्रणमा राखिरहेको बताएका छन् ।
अराघचीले अरब समाचार माध्यम अलाराबी अलजादीदसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । गत ८ मार्चमा नियुक्त भएपछि मोज्तबा खामेनी सार्वजनिक रूपमा देखा परेका छैनन् । उनको पहिलो सार्वजनिक सम्बोधन १२ मार्चमा राज्य सञ्चारमाध्यममार्फत प्रसारण गरिएको थियो ।
तर यो सम्बोधन उनी आफैँले नभएर एक प्रस्तोताले पढेर सुनाएका थिए । विदेशमन्त्री अराघचीले इरानले युद्धको निष्पक्ष अन्त्यतर्फ लैजाने कुनै पनि क्षेत्रीय पहललाई स्वागत गर्ने पनि बताएका छन् ।
साथै उनले हर्मुज जलडमरु सबैका लागि खुला रहने तर अमेरिकी जहाज र उसका सहयोगी देशका जहाजका लागि भने बन्द रहने बताएका छन् । उनका अनुसार हालसम्म युद्ध अन्त्यका लागि कुनै विशेष पहल औपचारिक रूपमा अघि आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण