पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
सारांश
- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।
- पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ।
- अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि र आपूर्ति व्यवस्थापनको दबाबका कारण मूल्य बढाइएको निगमले जनाएको छ।
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य बढाएको हो ।
निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ मूल्य २०८२ चैत १ गते बिहान रातिदेखि लागू हुने गरी समायोजन गरिएको छ । मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ ।
जसअनुसार,
पेट्रोल पहिलो वर्गः प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा
दोस्रो वर्गः प्रतिलिटर १७१ रुपैयाँ
तेस्रो वर्गः प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने
डिजेल र मट्टीतेल
पहिलो वर्गः प्रतिलिटर १४१ रुपैयाँ ५० पैसा
दोस्रो वर्गः प्रतिलिटर १४३ रुपैयाँ
तेस्रो वर्गः प्रतिलिटर १४४ रुपैयाँ पर्ने भएको छ ।
निगमका अनुसार मध्यपूर्व र पश्चिम एसियामा देखिएको तनाव तथा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेका कारण आपूर्ति व्यवस्थापनमा दबाब परेको छ । आफ्नो पेट्रोलियम स्रोत नभएका मुलुकहरूमा मूल्य समायोजन र आपूर्ति व्यवस्थापन दुवै चुनौतीपूर्ण बनेको निगमले जनाएको छ ।
निगमले भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यका आधारमा उक्त कम्पनीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण