आफ्नो मृत्युको हल्लाबिच नेतान्याहूले सार्वजनिक गरे भिडियो
सारांश
- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मृत्युको हल्लाको खण्डन गर्दै भिडियो सार्वजनिक गरे।
- इरानी सञ्चारमाध्यमले नेतन्याहुको मृत्युको हल्ला फैलाएपछि उनले कफी पिउँदै गरेको भिडियो पोस्ट गरे।
- नेतन्याहुले इजरायल र इरानबीचको युद्धको समयमा पनि यस्तै शैली अपनाएका थिए।
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू मरेको वा घाइते भएको भन्ने अफवाह फैलिन थालेपछि आइतबार भिडियो सार्वजनिक गर्दै त्यसको खण्डन गरेका छन् ।
जेरुसेलम नजिकको एक क्याफेमा कफी पिउँदै आफ्ना सहयोगीसँग कुराकानी गरिरहेको भिडियो उनले आफ्नो टेलिग्राम अकाउन्टमा पोस्ट गरेका हुन् । इरानी राज्य सञ्चारमाध्यमले नेतान्याहूको मृत्यु वा घाइते भएको भन्ने हल्ला फैलाएपछि यो भिडियो सार्वजनिक गरिएको हो ।
भिडियोमा नेतान्याहूका सहयोगीले सोध्छन्– ‘तपाईं मरेको भन्ने हल्लाबारे के भन्नुहुन्छ ?’ त्यसको जवाफमा नेतान्याहूले हिब्रु भाषामा प्रयोग हुने ‘डेड’ शब्दको व्यङ्ग्यात्मक प्रयोग गर्दै भन्छन्, ‘म कफीका लागि पागल छु । के थाहा ? म आफ्नो जनताका लागि पनि पागल छु ।’ उक्त भिडियोको स्थान र समय पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । क्याफेको भित्री दृश्य र त्यहाँका तस्बिरहरू मिलान गरेर भिडियो जेरूसेलम बाहिरको क्याफेमै खिचिएको प्रमाणित गरिएको हो ।
अमेरिका र इजरायलले इरानमाथि फेब्रुअरी २८ देखि आक्रमण सुरु गरेपछि नेतन्याहूले इरानी मिसाइल प्रहारबाट प्रभावित केही सहर, अस्पताल, बन्दरगाह र सैन्य अड्डाको भ्रमण गरिसकेका छन् । तर ती भ्रमणहरूमा सञ्चारमाध्यमको पहुँच सीमित राखिएको थियो र भिडियोहरू उनको कार्यालयमार्फत सार्वजनिक गरिएको थियो ।
नेतन्याहूले सामान्यतया इजरायली सञ्चारमाध्यमसँग धेरै अन्तर्वार्ता दिने वा नियमित पत्रकार सम्मेलन गर्ने गर्दैनन् । युद्ध सुरु भएयता उनले बिहीबार पहिलो पत्रकार सम्मेलन भिडियो लिंकमार्फत गरेका थिए । उक्त शैली उनले यसअघि इजरायल र इरानबिच भएको १२ दिने युद्धका बेला पनि प्रयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण