‘कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो’
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको संविधान एवं कानुन बमोजिम गरिएको स्पष्ट पारेको छ ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा साेमबार जारी विज्ञप्तिमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र सम्बन्धित दलको विधान एवं अन्य प्रचलित कानुनबमोजिम गरेको निर्णयको विषयलाई सार्वजनिक सञ्चारमाध्यममा अन्यथा अर्थ लगाई टिप्पणी गरिएकाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।
निर्णयमा चित्त नबुझाएको पक्षले कानुनी उपचार खोज्ने अधिकारबमोजिम यस विषयमा सम्मानित सर्वोच्च अदालतमा परेको रिट निवेदनलाई सम्मान गरेको र आयोगको निर्णयउपर सम्मानित सर्वोच्च अदालतबाट परीक्षण हुने आयोगले जनाएको छ ।
संवैधानिक निकायले गरेको निर्णय र अदालतमा विचाराधीन विषयमा कानुनका मान्यसिद्धान्त, कानुनी व्यवस्था र मानवीय मर्यादालाई समेत ख्याल नगरी सार्वजनिक सञ्चारमाध्यमबाट निराधार टीकाटिप्पणी नगर्न नगराउन आयोगले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।
आयोगको कानुनप्रतिको निष्ठा र यसले सम्पादन गरेका काम कारबाहीका विषयमा आएका कपोलकल्पित एवं निराधार विषयमा विश्वास नगर्न पनि सरोकार भएका सबैमा आयोगले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण