कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपः लोहोरुङ क्लब सेमिफाइनलमा
सारांश
- लोहोरुङ क्लबले चुत्तन स्पोर्टिङ क्लबलाई ३-२ गोलले हराएर सेमिफाइनलमा स्थान बनायो।
- अमित गजमेर, मिलन लिम्बु र विनोद राईले लोहोरुङका लागि गोल गरे।
- प्रतियोगितामा एक भारतीय टिमसहित आठ टोलीको सहभागिता रहेको छ।
सुनसरी । इटहरीमा जारी तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण स्वर्गीय कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगितामा लोहोरुङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार इटहरीस्थित जनता बहुमुखी क्याम्पसको मैदानमा भएको खेलमा चुत्तन स्पोर्टिङ क्लब तेह्रथुमलाई ३–२ गोलले पराजित गर्दै लोहोरुङ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । लोहोरुङ क्लबका अमित गजमेरले खेलको ५१औँ मिनेटमा पहिलो गोल गरेका थिए भने मिलन लिम्बूले ५६औँ मिनेटमा गोल थपे । यस्तै, विनोद राईले ६७औँ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् ।
चुत्तन स्पोर्टिङ क्लबका सन्तोष लिम्बूले ३८औँ र ८३औँ मिनेटमा दुई गोल गरेका थिए ।
आजको खेलमा लोहोरुङ फुटबल क्लबका विवेक राई ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनलाई नगद रु पाँच हजार पाँचसहित मेडल प्रदान गरिएको क्लबका सचिव विज्ञान राईले जानकारी दिए। मङ्गलबार हुने चौथो क्वाटर फाइनल खेलमा आयोजक टोली द योङ्ग ब्रदर्स क्लब इटहरी र कञ्चनजङ्घा फुटबल क्लब सिलिगुडी ९भारत०बीच प्रतिस्पर्धा हुने उनले जानकारी दिए ।
यही चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले रु चार लाख चार हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु दुई लाख दुई हजार दुई सय प्रदान गरिने छ ।
इटहरी उपमहानगरपालिकाको संयोजन तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संरक्षकत्वमा सञ्चालन भइरहेको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही रु १३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा विगत दुई वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण