बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

उमेरमा ११ वर्ष कान्छा तर कमाईमा प्रियंकाभन्दा धेरै माथि छन् उनका भावी श्रीमान्

आइतबार, १३ साउन २०७५, ०९ : ४२
आइतबार, १३ साउन २०७५

बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँग इन्गेजमेन्ट गरेका छन् । प्रियंकाकी फूपू कामिनी चोपडाले भारतीय संचारमाध्यमसँगको कुराकानीमा यसबारे पुष्टि गरिसकेकी छिन् ।

उनका अनुसार प्रियंकाले जुलाई १८ तारिखमा आफ्नो ३६ औं जन्मदिनमा लण्डनमा प्रेमी निकसँग इन्गेजमेन्ट गरेकी थिइन् । उनले सलमान खानसँग फिल्म ‘भारत’ का लागि साइन गरेकी थिइन् तर उनले उक्त फिल्म छोडेकी छिन् । फिल्मका निर्देशक अली अब्बास जफले आफ्नो ट्वीटमा यसबारे पुष्टि गरेका छन् ।

यसै अवसरमा आउनुहोस्, प्रियंका र निकको प्रेमकथाका केही रोचक कुरा गरौं ।

‘क्वान्टिको’ को सेटमा भएको थियो पहिलो भेटः

रिपोर्ट अनुसार प्रियंका चोपडा र अमेरिकी पप स्टार निक जोनासको पहिलो भेट ‘क्वान्टिको’ को सेटमा एक साथीमार्फत् भएको थियो । त्यसपछि यी दुई मे १ तारिखमा न्यूयोर्कमा आयोजित ‘मेल गाला’ कार्यक्रममा सँगै देखिए ।

प्रियंकालाई यसबारे जब एक अन्तर्वार्तामा सोधियो तब उनले भनेकी थिइन्, ‘निक र मैले एकै डिजाइनर (राल्फ लोरेन) को ड्रेस लगाउने भएका थियौं त्यसकारण हामीले कार्यक्रममा सँगै जाने निर्णय गर्यौं ।’ यद्यपी, अन्तर्वार्ताको क्रममा प्रियंकाले आफ्नो पहिलो भेटबारे कुनै जानकारी दिइनन् ।

त्यसपछि सन् २०१७ को डिसेम्बरमा निकले एक अन्तर्वार्तामा प्रियंकासँगको पहिलो भेटबारे जानकारी दिए । उनका अनुसार क्विान्टिकोमा प्रियंकाका को–स्टार ग्राहम रोजरमार्फत उनीहरुको भेट भएको थियो । ग्राहम र निकले ‘केयरफूल ह्वाट यू विश फर’ फिल्ममा सँगै काम गरेका थिए ।

३५ वर्षीया प्रियंका चोपडा २५ वर्षे अमेरिकी गायकको प्रेममा !

यी अवसरमा सँगै देखिएः

प्रियंका चोपडा र निकलाई विगत एक वर्षदेखि थुप्रै पटक सँगै भेटियो । केही दिन अघि दुबै एक बेसबल खेल हेर्न पुगेका थिए । प्रियंकाले गत वर्ष सार्वजनिक गरेको एल्बम ‘एक्जोटिक’ मा निकले उनलाई सहयोग गरेको बताइन्छ ।

१० वर्ष कान्छा प्रेमीसँग डिनर डेटमा भेटिइन् प्रियंका चोपडा

निकको दाइको विवाहमा पुगिन् प्रियंकाः

यसै महिना न्यू जर्सीमा निकका कजन दाइको विवाह थियो जसमा प्रियंका निकको हात समातेर विवाह कार्यक्रममा उपस्थित भएकी थिइन् ।

प्रियंका चोपडा निक जोनासको हातमाथि हात राखेर यसरी विवाहमा पुगिन् (फोटोफिचर)

प्रियंकाको परिवारसँग निकको भेटः

प्रियंकाले हालै निकलाई मुम्बई लगेकी थिइन् । प्रियंकाको आमासँग भेट गराउनका लागि निक मुम्बई पुगेको बताइन्छ ।

प्रियंकाको अफेयरबारे यसो भन्छिन् निक जोनासकी पूर्व प्रेमिका

कमाईको कुरा गर्नुपर्दा प्रियंकाको कूल सम्पत्ति ११ मिलियन डलर छ भने २५ वर्षे निकको २५ मिलियन डलर कूल सम्पत्ति छ ।

कथित प्रेमी निक जोनाससँग मुम्बई फर्किइन् प्रियंका चोपडा, फोटो खिच्न खोज्दा सिसामा कभर लगाइन्

प्रियंकाको निक अघि असिम मर्चेन्ट, अक्षय कुमार, हरमन बावेजा, शाहिद कपुरसँग नाम जोडिएको थियो भने निक भने माइली साइरस, सेलेना गोमेज, निकोन एन्डरसन, डेल्ट गुडरेम, ओलिविया कल्पो, डेमी लोवेटोसँगको अफेयरका कारण चर्चामा थिए ।

निक जोनासलाई भेटेपछि प्रियंका चोपडाकी आमाले यसो भनिन्

प्रियंका चोपडाले निक जोनाससँग एक महिनाभित्र इन्गेजमेन्ट गर्ने !

निकका साथ लन्डनमा जन्मदिन मनाउदै प्रियंका

इन्गेज्ड ! : निकसँग विवाहका लागि प्रियंकाले छाडिन् सलमानको फिल्म

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप