मधेसका मुख्यमन्त्रीकाे एक सय दिन : युवा पलायनप्रति चिन्ता गरे, स्वदेशमै रोक्ने योजना छैन
सारांश
- मुख्यमन्त्री यादवले युवा पलायनप्रति चिन्ता व्यक्त गरे, तर समाधानको योजना खुलाएनन्।
- प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै अनलाइन टिकट र रिपोर्टको व्यवस्था गरेको छ।
- शिक्षा क्षेत्रमा नमुना विद्यालय बनाउने योजना सुरु भएको छ, जसमा प्रत्येक विद्यालयमा ५० लाख लगानी हुनेछ।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले युवा पलायनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
मधेस प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सय दिन पूरा भएको अवसरमा मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले युवाहरू विदेश पलायनप्रति चिन्ता व्यक्त गरेका हुन् । उनले युवाहरूलाई स्वदेशमै रोक्ने ठोस उपायबारे भने केही स्पष्ट योजना सार्वजनिक गरेनन् । तर, यस विषयप्रति आफू चिन्तित रहेको बताए ।
उनले एक सय दिनमध्ये करिब ५० दिन आचारसंहितामै बितेको उल्लेख गर्दै बाँकी अवधिमा प्रदेश सरकारको उपस्थितिको अनुभूति गराउने प्रयास गरिएको बताए ।
साथै, जेनजी आन्दोलनका क्रममा जलेका भवनका कारण प्रदेशको गृह मन्त्रालयमै आफ्नो कार्यालय सञ्चालन गरी कामकाज अघि बढाइएको जानकारी दिए ।
स्वास्थ्य क्षेत्रतर्फ प्रगति उल्लेख गर्दै उनले जनकपुरधाम प्रादेशिक अस्पताल मा सुधार गरिएको दाबी गरे । बिरामीको चाप बढ्दा टिकट (पूर्जा) काट्न समस्या भइरहेको अवस्थालाई सहज बनाउन घरबाटै अनलाइन माध्यमबाट पूर्जा काट्ने व्यवस्था लागू गरिएको उनले बताए । साथै, परीक्षण शुल्क भुक्तानी र रिपोर्टसमेत अनलाइन उपलब्ध गराइएको जानकारी दिए ।
शिक्षा क्षेत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा एक नमुना विद्यालय विकास गर्ने योजना सुरु गरिएको उनले बताए। पहिलो चरणमा १५ वटा सामुदायिक विद्यालयमा काम अघि बढिसकेको छ भने प्रत्येक विद्यालयका लागि कम्तीमा ५० लाख रुपैयाँ लगानी भइरहेको जानकारी दिए ।
“१०० दिन, ५१ काम” भन्ने नारासहित आयोजित उक्त कार्यक्रममा उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल थालिएको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण