ग्यास फिल्डमा आक्रमणपछि ब्यारेलकै ११० डलरमा उक्लियो कच्चा तेल
सारांश
- बिहीबार कच्चा तेलको भाउ बढेको छ, किनकि इरानको ग्यास क्षेत्रमा आक्रमण भएको खबर आएको थियो।
- साउथ पार्स ग्यास फिल्डमा हवाई आक्रमण भएपछि ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११२ डलरसम्म पुग्यो।
- कतारले आगलागी नियन्त्रणमा लिएको जनाएको छ, भने इरानले प्रतिकार गर्ने चेतावनी दिएको छ।
हङकङ । विश्व बजारमा बिहिबार कच्चा तेलको भाउ बढेको छ । विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास क्षेत्रमा आक्रमण भएको खबर बाहिर आयपछि तेलको भाउ उकालो लागेको हो । उक्त घटनापछि तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ११२ डलरसम्म पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा पाँच प्रतिशतभन्दा बढी हो । यद्यपि केही समयपछि मूल्य अलि घटेर स्थिर हुन खोजेको देखिन्छ ।
यो उछालको मुख्य कारण साउथ पार्स गयस फिल्डमा रहेको इरानको पेट्रोकेमिकल संरचनामाथि हवाई आक्रमण भएको खबर हो । उक्त क्षेत्र इरान र कतारबिच साझा रहेको विशाल ग्यास भण्डार हो । यसलाई कतारले नर्थ डोम भन्छ । कतारले पनि यस क्षेत्रमा व्यापक क्षति भएको बताएको छ ।
कतारको आन्तरिक मन्त्रालयका अनुसार उक्त क्षेत्रमा भएको आगलागीलाई नियन्त्रणमा ल्याइएको छ । हालसम्म कुनै मानवीय क्षति भएको छैन । कतारको सरकारी ऊर्जा कम्पनीले भने संरचनागत क्षति व्यापक रहेको जनाएको छ । ऊर्जा आपूर्तिको हिसाबले अत्यन्त संवेदनशील मानिने यस क्षेत्रमा आक्रमण भएपछि तेल बजारमा त्रास फैलिएको छ ।
यसैबिच इरानले आफ्नो ऊर्जा पूर्वाधारमा भएको आक्रमणप्रति कडा प्रतिक्रिया जनाउँदै निर्णायक प्रतिकार गर्ने चेतावनी दिएको छ । इरानी सेनाले जारी गरेको वक्तव्यमा ऊर्जा, इन्धन र आर्थिक संरचनामाथि आक्रमण भए त्यसको स्रोतलाई नै निशाना बनाइने स्पष्ट उल्लेख गरिएको छ । यद्यपि तेल र ग्यासको मूल्यमा आएको यो उछाल अघिल्लो हप्तामा देखिएको स्तरभन्दा तलै छ । मार्च ९ मा तेलको मूल्य प्रतिब्यारेल ११६ डलर ७८ सेन्टसम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह’
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण