एन्फाले गर्याे राष्ट्रिय लिगका खेल स्थगित
बिहीबार, ०५ चैत २०८२, १५ : ४१
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिग प्रतियोगिताअन्तर्गतका केही खेलहरू स्थगित गरेको जनाएको छ ।
बिहीबार एन्फाले एक सूचना जारी गर्दै २०८२ पुस ३० गतेदेखि सञ्चालन भइरहेको राष्ट्रिय लिगअन्तर्गतका म्याच नम्बर १७ र १००–१३६ सम्मका खेलहरू प्राविधिक कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।
संघका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित विज्ञप्तिमा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र फुटबल क्लब लगायतका विभिन्न क्लबहरूलाई जानकारी गराइएको उल्लेख छ। एन्फाले प्रतियोगिताका बाँकी खेलहरूबारे पछि निर्णय गरिने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण