शनिबार ईद-उल-फित्र, गृह मन्त्रालयले निकाल्यो सूचना
सारांश
- गृह मन्त्रालयले शनिबार ईद (ईद-उल-फित्र) परेको जानकारी गराएको छ।
- मुस्लिम आयोगको पत्र अनुसार, यो वर्षको ईद शनिबार परेको जानकारी गराइएको छ।
- मन्त्रालयले ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको जनाएको छ र शुभकामना व्यक्त गरेको छ।
काठमाडौँ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद (ईद-उल-फित्र) शनिबार परेको जानकारी गराएको छ ।
मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार यो वर्षको ईद शनिबार परेको जानकारी गराउँदै इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गरेको छ ।
मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सूचनामा उल्लेख छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूका साथै समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरिएको छ।
यसअघि २०८१ फागुन १५ गतेको राजपत्रमा प्रकाशित सूचनामै ईदका दिन बिदा दिने उल्लेख भए पनि चन्द्रमा हेरेर तय गरिने पर्व भएकाले आयोगको सिफारिसमा मन्त्रालयले औपचारिक सूचना जारी गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण