नयाँ बन्न लागेको सरकारलाई कांग्रेस नेता गुरुङले दिए १० सुझाव
सारांश
- कांग्रेस नेता कल्याण गुरुङले नयाँ सरकारलाई तराई क्षेत्रको संरक्षणका लागि १० सुझाव दिएका छन्।
- उनले जलवायु परिवर्तनको असरले तराई मरुभूमि बन्न सक्ने जोखिम औंल्याउँदै हिमालय क्षेत्रको संरक्षणमा जोड दिए।
- गुरुङले नदी, खोला, सिंचाइ आयोजना र उद्योगबाट निस्कने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
काठमाडौँ । नयाँ जनादेशपछि बन्न लागेको सरकारलाई नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १० सुझाव दिएका छन् । तराई क्षेत्रमा गर्नुपर्ने कामलाई लक्षित गरेर उनले यस्तो सुझाव दिएका हुन् ।
नयाँ सरकार र संसद्ले दीर्घकालमा तराइलाई मरुभूमि हुनबाट जोगाउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन्– 'वातावरण तथा जलवायु परिवर्तनको असर दीर्घकालीन हुन्छ । वातावरण तथा जलवायु परिवर्तनको असर विश्वव्यापी हुन्छ । यसको असरबाट सबै भूभागहरू जस्तै -हिमाल, पहाड, तराई र समुन्द्र प्रभावित भएका हुन्छन् । '
यस्ता छन् गुरुङका १० सुझाव
१,हिन्दकुश हिमालय हिमश्रृखलाहरुमा हिउँ भएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
२, हिमालयहरूमा हिउँ भएन भने र हिम नदीहरूको संरक्षण गरिएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
३, पहाडमा वर्षा भएन भने र हरियाली भएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
४, चुरेमा जङ्गल भएन भने, चुरेमा धेरै मात्रामा भूस्खलन भयो भने, चुरेमा घना बस्ती बस्यो भने, चुरेमा कङ्क्रिट र प्लास्टिकको प्रयोग हुने काम धेरै भयो भने र चुरेको संरक्षण भएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
५, भावरमा घना बस्ती बस्यो भने, भावरमा पानीको मुहानहरू सुक्यो भने, भावरमा कङ्क्रिट र प्लास्टिकको कामहरू धेरै मात्रामा भयो भने र भावरमा पानीको रिचार्ज गर्ने माटोको पोखरीहरू निर्माण नगर्ने हो भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
६, तराईमा डिप बोरिंगहरुको धेरै मात्रामा प्रयोग गरियो भने, तराईमा जङ्गलको विनाश भयो भने, तराईमा वृक्षारोपण गरेर हरियाली भएन भने, तराईमा पानीको रिचार्ज गर्ने पोखरीहरू निर्माण गरिएन भने र तराईमा जथाभाबी धेरै मात्रामा प्लास्टिकको प्रयोग गरियो भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
७, तराईको नदी, खोला। नहरहरु, सिमसार क्षेत्रहरू, पोखरीहरू, कुवा, इनार र पानीको मुहानहरू लगायतका पानीको स्रोतहरूको संरक्षण र संबद्धन गरिएन भने र साथसाथै नदी र खोलाहरूको दुबै तर्फ बलियो र फराकिलो तटबन्ध गरिएन भने र बाढी नियन्त्रण गरिएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
८, नदी र खोलाहरूको जथाभाबी अनियन्त्रित र अवैधानिक उत्खनन गरियो भने, नदी र खोलाबाट अनियन्त्रितरुपमा ढुंगा, गिट्टी र बालुवा निकालियो भने, नदी र खोलाहरुमा प्लास्टिक, केमिकल पदार्थ लगायतका फोहोरहरू जथाभाबी फालियो भने तथा नदी र खोलाहरूको किनारामा अनियन्त्रितरुपमा बस्तिहरु बस्न र भवनहरु निर्माण हुन थाल्यो भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
९, तराईमा सतही सिँचाइ र खानेपानीको आयोजनाहरू सञ्चालन गर्न बजेट विनियोजन गरी काम सुरु गर्नु पर्छ । तराईमा सतही सिँचाइ र खानेपानीको आयोजनाहरू तत्काल सञ्चालन गरिएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
१०, उद्योगहरूबाट निस्कने धुंवालाई कम गर्ने प्रविधिहरूको प्रयोग अनिवार्य गरिएन भने, उद्योगका केमिकल पदार्थहरू नदी र खोलामा बगाउनलाई अनिवार्यरुपमा रोकिएन भने र उद्योगका फोहोरहरूलाई नदी र खोलामा बगाउन तत्काल अनिवार्यरुपमा रोकिएन भने दीर्घकालमा तराई मरुभूमि हुन सक्ने सम्भावना प्रबल हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण