किन हुँदैछ सवारी साधनमा जोरबिजोर लगाउने चर्चा ?
सारांश
- पश्चिम एसियाको द्वन्द्वका कारण कच्चा तेलको मूल्य बढेपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन छलफल भइरहेको छ।
- यातायात व्यवस्था विभागले जोरबिजोर प्रणाली लागू गर्नेबारे छलफल गरेको छ, तर निर्णय भइसकेको छैन।
- नेपाल आयल निगमले दैनिक ४ अर्ब घाटा बेहोरिरहेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य अझै बढ्ने देखिएको छ।
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएपछि नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने चर्चा चुलिएको छ । नेपाल आयल निगमले मूल्यवृद्धिका कारण दैनिक ठुलो घाटा बेहोर्नु परेको भन्दै खपत कम गर्ने उपायबारे विभिन्न निकायसँग छलफल गरिरहेको जनाएको छ ।
यता यातायात व्यवस्था विभागले जोरबिजोर प्रणाली लागू गर्ने बारे एक चरणको छलफल भएको जनाएको छ । विभागका निर्देशक श्रीकान्त यादवका अनुसार पश्चिम एसियाको द्वन्द्वले विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असर पारेसँगै नेपालमा सम्भावित समस्या आउन नदिन खपत घटाउने विषयमा छलफल भएको थियो ।
उनले सोही छलफलमा जोरबिजोर प्रणाली लागू गर्नेबारे पनि विचारविमर्श भएको पुष्टि गरे, तर ठोस निर्णय भने भई नसकेको स्पष्ट पारे । ‘जोर बिजोर प्रणाली लागू गर्नेबारे छलफल भएको हो, तर, ठोस निर्णय भएको छैन,’ निर्देशक यादवले भने ।
यद्यपि, नेपाल आयल निगमले हालसम्म नेपालको आपूर्ति प्रणालीमा पश्चिम एसिया द्वन्द्वको प्रत्यक्ष प्रभाव नपरेको र पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको जनाएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेकाले भविष्यमा आइपर्ने चुनौती सामना गर्न खपत घटाउने तयारीमा जुटिएको निगमका अधिकारीले बताएका छन् ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पछिल्लो पटक मूल्य बढेर आएदेखि निगमले दैनिक चार अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा डिजेल प्रतिलिटर ५४ रुपैयाँले बढेर आए पनि निगमले १० रुपैयाँ मात्र मूल्य बढाएको छ ।
यस्तै, पेट्रोलमा ३१ रुपैयाँले बढेर आउँदा निगमले १५ रुपैयाँ मात्र बढाएको छ । ग्यासमा २१६ रुपैयाँ बढेर आए पनि पुरानै मूल्यलाई निरन्तरता दिइएको छ । प्रवक्ता ठाकुरले अन्तर्राष्ट्रिय बजारमा अझै मूल्य बढ्ने देखिएकाले पेट्रोलियम पदार्थको खपत घटाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण