इरानसँग सम्झौता हुन लागेको ट्रम्पको दाबी इरानले गर्याे अस्वीकार
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता र सहमति भएको दाबी गरे।
- इरानले भने ट्रम्पको दाबीलाई अस्वीकार गर्दै कुनै वार्ता नभएको जनायो।
- इरानले सैन्य लक्ष्य पूरा नभएसम्म वार्ताको सम्भावना नरहेको बताएको छ।
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता र मुख्य बुँदामा सहमति भएको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गरेको छ।
ट्रम्पले इरानसँगको द्वन्द्व समाधानका लागि छलफल भइरहेको र इरानको ऊर्जा पूर्वाधारमा हुने आक्रमणलाई पाँच दिनका लागि सारिएको बताएका थिए।
ट्रम्पले इरान आणविक हतियार त्याग्न तयार रहेको र उनीहरूकै आग्रहमा फोनमार्फत वार्ता अघि बढेको दाबी गरेका छन्। उनले भनेका छन्, ’हामीबीच लगभग सबै मुद्दामा सहमति जुटिसकेको छ, यदि वार्ता सफल भएन भने हामी पुनः बमबारी सुरु गर्नेछौँ।’
तर, इरानको विदेश मन्त्रालयले ट्रम्पको यो दाबीलाई झुटो भन्दै खण्डन गरेको छ। इरानी अधिकारीहरूले अमेरिकासँग कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नभएको प्रस्ट पारेका छन्।
इरानले आफ्ना सैन्य लक्ष्यहरू पूरा नभएसम्म वार्ताको कुनै सम्भावना नरहेको उल्लेख गरेको छ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण