बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सनराइजर्स हैदराबादमा घाइते एडवर्ड्सको स्थानमा पेनको इन्ट्री

मङ्गलबार, १० चैत २०८२, १४ : ५७
मङ्गलबार, १० चैत २०८२

सारांश

  • सनराइजर्स हैदराबादले आइपीएल २०२६ का लागि अस्ट्रेलियाली खेलाडी ज्याक एडवर्ड्सको स्थानमा डेभिड पेनलाई टोलीमा भित्र्याएको छ।
  • डेभिड पेनले टी-२० लिगहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, र उनले २३३ खेलमा ३०४ विकेट लिएका छन्।
  • हैदराबादका कप्तान प्याट कमिन्स चोटका कारण सुरुवाती खेलहरूमा उपलब्ध नहुने भएपछि पेनको आगमनले टोलीलाई सहयोग गर्ने अपेक्षा छ।

हैदराबाद । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ सुरु हुन केही दिन मात्र बाँकी छँदा सनराइजर्स हैदराबादले आफ्नो टोलीमा महत्त्वपूर्ण परिवर्तन गरेको छ। खुट्टाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका अस्ट्रेलियाली खेलाडी ज्याक एडवर्ड्सको स्थानमा हैदराबादले इंग्ल्याण्डका अनुभवी बायाँहाते तीव्र गतिका बलर डेभिड पेनलाई टोलीमा भित्र्याएको हो। 

३५ वर्ष पुगिसकेका पेनले पछिल्लो समय विश्वका विभिन्न टी-२० लिगहरूमा देखाएको सानदार प्रदर्शनका कारण उनलाई हैदराबादले प्राथमिकतामा राखेको हो।

सन् २०११ मा पहिलो श्रेणीको क्रिकेटमा डेब्यु गरेका पेनले इंग्ल्याण्डका लागि केवल एउटा एकदिवसीय खेल खेल्ने अवसर पाएका थिए। 

तर, रातो बलको क्रिकेट छाडेर टी-२० विधामा केन्द्रित भएयता उनको करियरले नयाँ उचाइ लिएको छ। हालसम्म २३३ टी-२० खेल खेलिसकेका उनले २१.१६ को उत्कृष्ट औसतमा ३०४ विकेट लिइसकेका छन्। पावरप्लेमा बलिङ गर्न सिपालु मानिने पेन आफ्नो 'स्लोअर बल' का लागि समेत ब्याट्सम्यानहरू माझ निकै खतरनाक मानिन्छन्।

पेनको हालैको लय निकै उत्साहजनक छ। उनले गत जनवरी २०२६ मा डेजर्ट भिपर्सबाट खेल्दै आईएल टी-२० को उपाधि जितेका थिए भने त्यसको केही हप्तापछि अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को फाइनलमा १८ रन दिएर ३ विकेट लिँदै 'प्लेयर अफ द म्याच' चुनिएका थिए। दुई वर्षअघि इंग्ल्याण्डको भाइटालिटी ब्लास्टमा ३३ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका पेनले आफ्नो टोली ग्लोस्टरशायरलाई उपाधि जिताउन मुख्य भूमिका खेलेका थिए।

यता सनराइजर्स हैदराबादका लागि यो सिजनको सुरुवात केही चुनौतीपूर्ण देखिएको छ। नियमित कप्तान प्याट कमिन्स 'लुम्बर स्ट्रेस फ्र्याक्चर' का कारण सिजनको सुरुवाती खेलहरूमा उपलब्ध हुने छैनन्। यस्तो अवस्थामा पेन जस्ता अनुभवी बलरको आगमनले टोलीको बलिङ आक्रमणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। 

सिजनको उद्घाटन खेलमै आगामी मार्च २८ मा हैदराबादले साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुको सामना गर्दैछ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप