तीन लाख घुससहित पक्राउ परेका वडाध्यक्षलाई एक वर्ष कैद
सारांश
- रुपन्देहीको मर्चवारी गाउँपालिकाका वडाध्यक्ष जनार्दन यादव घुससहित दोषी ठहरिएका छन्।
- विशेष अदालतले यादव र घुस लिने व्यापारी विपिनकुमार पाण्डेयलाई जनही १ वर्ष कैद र जरिवाना सुनाएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई ३ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।
काठमाडौँ । तीन लाख घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचारी ठहर भएका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले यादवलाई दोषी ठहर गरेको हो ।
उनले व्यापारी विपिनकुमार पाण्डेयमार्फत घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनीहरूलाई गत २३ असारमा उनीहरूलाई ३ लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरी मुद्दा चलाएको थियो ।
अदालतले वडाध्यक्ष यादव र घुस लिने पाण्डेयलाई जनही १ वर्ष कैद र १ लाख ५० हजार जरिवाना हुने ठहर गरेको छ ।
वडाअन्तर्गतका विभिन्न योजना सम्पन्न भएपछि भुक्तानी सिफारिस गर्ने प्रयोजनका लागि उनले सिद्धार्थनगर नगरपालिका–९ स्थित ‘श्री गणेश ट्रेडिङ’का सञ्चालक पाण्डेयमार्फत घुस लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण