सडकको खाल्डोको ‘झट्का’ ले ब्रेन डेड भनिएकी महिलाको ‘पुनर्जन्म’
सारांश
- भारतको उत्तर प्रदेशमा 'ब्रेन डेड' घोषित महिला एम्बुलेन्स दुर्घटनापछि जीवित भइन्।
- महिलालाई घर लैजाँदै गर्दा एम्बुलेन्स सडकको खाल्डोमा ठोक्किएपछि उनमा जीवनकाे संकेत देखा परेकाे हाे।
- डाक्टरहरूले मृत घोषणा गरेपछि परिवारले अन्त्येष्टिको तयारी गरिरहेका बेला यो घटना घटेको हो।
उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा एउटा पत्याउनै नसकिने चमत्कार भएको छ। अस्पतालले ‘ब्रेन डेड’ घोषणा गरी अन्तिम संस्कारको तयारी गरिएकी एक महिला सडकको खाल्डोमा एम्बुलेन्स ठोक्किँदा लागेको झट्काका कारण जीवित भएकी छन्।
पिलिभितकी न्यायिक कर्मचारी विनीता शुक्ला गत फेब्रुअरी २२ मा घरको काम गर्दागर्दै बेहोस भएकी थिइन्। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई बरेलीको सुविधासम्पन्न अस्पतालमा रिफर गरियो।
त्यहाँका डाक्टरहरूले विभिन्न परीक्षणपछि विनीताको मस्तिष्कले काम गर्न छोडेको (ब्रेन डेड) घोषणा गरे। होस खुल्ने कुनै सम्भावना नरहेको भन्दै डाक्टरहरूले हरेस खाएपछि परिवारले उनलाई डिस्चार्ज गरी अन्त्येष्टिको तयारी सुरु गरे।
फेब्रुअरी २४ मा एम्बुलेन्समा विनीतालाई घर लैजाँदै गर्दा हाफिजगन्ज नजिकै सडकको एउटा ठूलो खाल्डोमा गाडी बेजोडले ठोक्कियो। सोही शक्तिशाली झट्का लगत्तै विनीताका पतिले उनको सास फेर्ने गति सामान्य भएको महसुस गरे। त्यसपछि उनको अवस्थामा तीव्र सुधार आयो।
अस्पताल फर्काइएपछि डाक्टरहरू समेत चकित परेका छन्। केही दिनअघिसम्म मृत्युको मुखमा पुगेकी विनीता अहिले घर फर्किएर परिवारसँग कुराकानी गर्न सक्ने अवस्थामा छिन्। सामाजिक सञ्जालमा यो घटनालाई ‘लाखौँमा एक’ हुने संयोग भनिएको छ।
विनीताका लागि सडकको खाल्डो वरदान सावित भए पनि भारतका सडकमा रहेका खाल्डाहरू ज्यानमारा मानिन्छन्। तथ्याङ्क अनुसार सन् २०२० देखि २०२४ को बिचमा सडकका खाल्डोका कारण ९ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण