अस्ट्रेलियाले इरानबाट आउने आगन्तुकमाथि लगायो प्रतिबन्ध
सारांश
- अस्ट्रेलियाले इरानबाट आउने आगन्तुकहरूलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ।
- यो प्रतिबन्ध पश्चिम एसियामा जारी द्वन्द्वका कारण इरानी नागरिकहरू भिसा अवधि सकिएपछि फर्कन नसक्ने जोखिम बढेपछि लगाइएको हो।
- प्रतिबन्धले अस्ट्रेलिया बाहिर रहेका सबै इरानी राहदानी बाहकहरूलाई असर गर्नेछ, तर केही अपवादहरू छन्।
क्यानबेरा । अस्ट्रेलियाले इरानबाट आउने आगन्तुकहरूलाई अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण इरानी नागरिकहरू आफ्नो भिसा अवधि सकिएपछि स्वदेश फर्कन नसक्ने जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको हो ।
अस्ट्रेलियाको गृह मामिला विभागले बुधबार जारी गरेको वक्तव्यमा उक्त प्रतिबन्ध छ महिनासम्म लागू रहने जनाएको छ । विभागले यसलाई छिटो परिवर्तन भइरहेका विश्व परिस्थितिमा राष्ट्रिय हितअनुसार गरिएको निर्णय भनेको छ ।
वक्तव्यमा भनिएको छ, “इरानमा जारी द्वन्द्वले अस्थायी भिसाधारीहरू आफ्नो भिसा समाप्त भएपछि अस्ट्रेलिया छोड्न नसक्ने वा नछोड्ने जोखिम बढाएको छ ।’ यो प्रतिबन्ध हाल अस्ट्रेलिया बाहिर रहेका सबै इरानी राहदानी बाहकहरूमा लागू हुनेछ । तर केही अपवादहरू राखिएका छन् ।
अस्ट्रेलियाभित्र रहेका इरानी नागरिक, अस्ट्रेलिया आउँदै गरेका यात्रु, अस्ट्रेलियाली नागरिकका पति/पत्नी वा आश्रित सन्तान, तथा स्थायी भिसाधारीहरूलाई यसबाट छुट दिइएको छ । साथै, अभिभावकजस्ता विशेष अवस्थामा केस–बाइ–केस आधारमा पनि छुट दिन सकिने विभागले जनाएको छ ।
गृह मामिला मन्त्री टोनी बर्केले स्थायी रूपमा अस्ट्रेलियामा बस्ने निर्णय सरकारको नियन्त्रणमा हुनुपर्ने बताउँदै “कसले कहिले छुट्टी बुक गर्यो भन्ने आधारमा त्यस्तो निर्णय हुन नहुने” प्रतिक्रिया दिएका छन् । सरकारका अनुसार इरानमा द्वन्द्व सुरु हुनु अघि जारी गरिएका धेरै भिसाहरू अहिलेको परिस्थितिमा पुनः आवेदन परे स्वीकृत नहुन सक्ने अवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण