इरानसँगको गुप्तचर सहयोगलाई लिएर रुसले अमेरिकालाई ‘ब्ल्याकमेल’ गर्न खोज्योः जेलेन्स्की
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसले अमेरिकालाई ब्ल्याकमेल गरेको आरोप लगाए, इरानसँगको गुप्तचर आदानप्रदानको विषयलाई लिएर।
- जेलेन्स्कीका अनुसार रुसले इरानलाई सूचना दिइरहेको प्रमाण छ, र रुसी कम्पोनेन्टहरू इरानी ड्रोनहरूमा फेला परेका छन्।
- युक्रेनले खाडी क्षेत्रका देशहरूलाई ड्रोन आक्रमणविरुद्ध सहयोग गरिरहेको छ, र ड्रोन अवरोध प्रणालीका लागि लगानी खोजिरहेको छ।
किभ ।रुसले इरानसँगको गुप्तचर (इन्टेलिजेन्स) आदान–प्रदानको विषयलाई प्रयोग गर्दै अमेरिकामाथि दबाब दिन खोजेको आरोप युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाएका छन् । रुसले अमेरिकासँग वासिङ्टनले युक्रेनलाई दिने गुप्तचर सहयोग रोक्यो भने मात्र रुसले इरानसँगको गुप्तचर साझेदारी बन्द गर्नेछ भनेर प्रस्ताव राखेको बुधबार किभस्थित राष्ट्रपति निवासमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै जेलेन्स्कीले युक्रेनी सेनाको गुप्तचरले बताएको भनेका थिए । “यो ब्ल्याकमेल होइन र ? पक्कै हो,” उनले भने ।
जेलेन्स्कीका अनुसार युक्रेनी सैन्य गुप्तचर निकायसँग रुसले इरानलाई निरन्तर सूचना दिइरहेको अखण्ड प्रमाण छ । आफैँले ती विवरणहरू देखेको उनले बताए पनि थप जानकारी सार्वजनिक गरेनन् । पश्चिम एसियामा जारी द्वन्द्वका क्रममा अमेरिकी सेना र उसका सहयोगीमाथि आक्रमण गर्न प्रयोग गरिएका केही इरानी ड्रोनहरूमा रुसी कम्पोनेन्टहरू समेत फेला परेको दाबी उनले गरे । तर, इरानलाई सहयोग गरेको आरोप रुसले अस्वीकार गर्दै आएको छ । यस विषयमा वासिङ्टनले पनि मस्कोसँग प्रत्यक्ष रूपमा छलफल गर्दा रुसले त्यस्तो सहयोग नगरेको दाबी गरेको जनाएको छ ।
सन् २०२२ मा रुसले आक्रमण सुरु गरेपछि युक्रेनमाथि इरानी डिजाइनका ‘शाहेद’ ड्रोनहरूबाट लगातार आक्रमण भइरहेको उल्लेख गर्दै अहिले युक्रेनले खाडी क्षेत्रका केही देशहरूलाई पनि ड्रोन आक्रमणविरुद्ध सहयोग गरिरहेको जेलेन्स्कीले बताए ।
उनका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारजस्ता देशहरूसँग दीर्घकालीन सहकार्य गर्दै ड्रोन अवरोध प्रणाली (इण्टरसेप्टर) उत्पादनका लागि लगानी जुटाउने वा हवाई प्रतिरक्षा मिसाइल प्राप्त गर्ने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण