शपथअघि राप्रपा सांसदहरूद्वारा पशुपतिनाथ दर्शन, हिन्दु राष्ट्रको अठोट
सारांश
- राप्रपाका सांसदहरूले शपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्।
- नेता ज्ञानेन्द्र शाहीले आफूहरू गलत काम नगर्ने र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने अठोट लिएको बताए।
- राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै आएको छ, र यो भ्रमण सोही प्रतिबद्धताको हिस्सा हो।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसद्को शपथ ग्रहणअघि पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरेका छन्। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहित सांसदहरू खुश्बु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।
दर्शनपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले आफूहरू कुनै पनि गलत काम नगर्ने अठोटका साथ भगवान् पशुपतिनाथसँग प्रार्थना गर्न आएको बताए। 'हामीले जानेर वा नजानेर कुनै गलत काम नगरौँ भन्ने कामनाका साथ यहाँ आएका हौँ,' उनले भने।
उनले आगामी दिनमा संसदमार्फत हिन्दु राष्ट्र पुनःस्थापना गर्ने लक्ष्यसहित अघि बढ्ने पनि स्पष्ट पारे। 'यही संसदबाट हिन्दु राष्ट्र स्थापना गर्ने हाम्रो अठोट छ,' शाहीले भने।
राप्रपा लामो समयदेखि नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। सोही एजेन्डालाई अघि बढाउँदै सांसदहरू संसद् प्रवेशअघि धार्मिक आस्थासँग जोडिएको स्थलमा पुगेर आशीर्वाद लिएका हुन्।
संसद्को शपथअघि गरिएको उक्त धार्मिक भ्रमणलाई राप्रपाले आफ्नो राजनीतिक प्रतिबद्धतासँग जोडेर हेरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण