६३ सांसदले मातृभाषामा शपथ लिने
बिहीबार, १२ चैत २०८२, १२ : ५७
सारांश
- प्रतिनिधि सभाका ६३ सदस्यले मातृभाषामा शपथ लिने भएका छन्।
- नवनिर्वाचित सांसदहरूको शपथग्रहण आज दिउँसो २ बजे हुँदैछ।
- भोलि प्रधानमन्त्रीको रूपमा बालेन्द्र शाहले शपथ लिनेछन्।
काठमाडौँ । मातृभाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको सङ्ख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रूपमा उपस्थित भएर जानकारी गराएका हुन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदै छन् ।
आज सांसदहरूले शपथ लिएसँगै भोलि प्रधानमन्त्रीको रूपमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले शपथ लिने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण