स्ट्रेट अफ हर्मुजमा इरानको हात किन माथि छ ?
सारांश
- अमेरिका र इजरायलको इरानमाथिको आक्रमणले हर्मुज स्ट्रेट अवरुद्ध भएको छ, जसले विश्व तेल बजारमा अस्थिरता ल्याएको छ।
- हर्मुज स्ट्रेट अवरोधले ऊर्जा संकट गहिरिएको छ र खाद्य सुरक्षामा समेत असर पार्ने देखिएको छ।
- इरानले सस्तो ड्रोन र समुद्री बारुद प्रयोग गर्दै युद्ध रणनीति अपनाएको छ, साथै ट्यांकरहरूबाट शुल्क लिइरहेको छ।
वासिङटन डीसी । अमेरिका र इजरायल मिलेर इरानमाथि आक्रमण गरेयता स्ट्रेट अफ हर्मुज करिब चार सातादेखि प्रभावकारी रूपमा अवरुद्ध जस्तै बनेको छ, जसले विश्वव्यापी तेल बजारमा ठुलो अस्थिरता ल्याएको छ । विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको अवरोधले ऊर्जा संकटलाई अझ गहिरो बनाएको छ ।
स्ट्रेट अफ हर्मुज खाडी क्षेत्रबाट विश्व बजारतर्फ जाने मुख्य मार्ग हो । यहाँबाट इन्धन र मल उत्पादनका लागि आवश्यक सामग्रीसमेत आपूर्ति हुने गरेको छ । यो बाटो ठप्प प्रायः हुनुले ऊर्जा मात्र होइन, खाद्य सुरक्षामा पनि प्रभाव पार्ने चिन्ता बढेको छ । यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संकट समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताएका छन् । साथै अमेरिकाले मध्यपूर्वमा थप सैनिक तैनाथ गर्ने र तेल ट्यांकरहरूलाई नौसैनिक सुरक्षा दिने विकल्पबारे समेत विचार गरिरहेको छ ।
तर यस्ता प्रयासहरूका बाबजुद पनि इरान अझै बलियो अवस्थामा देखिन्छ । यसको मुख्य कारण इरानले अपनाएको असामान्य युद्ध रणनीति हो । अमेरिका इजरायलसँगको यस युद्धमा इरानले सस्तो ड्रोन, समुद्री बारुदलगायतका विधिहरू प्रयोग गरिरहेको छ । यस्ता प्रविधिले ठुला सैन्य शक्तिलाई पनि चुनौती दिन सक्ने क्षमता राख्छन् ।
अर्काेतर्फ, इरानको भौगोलिक अवस्थाले पनि उसलाई फाइदा पुर्याएको छ । स्ट्रेट नजिकै रहेको हुँदा उसले सहज रूपमा जहाजहरूको आवागमनमा प्रभाव पार्न सक्छ, जसले अन्य देशहरूलाई सैन्य रूपमा पूर्ण सुरक्षा सुनिश्चित गर्न कठिन बनाएको छ । यति मात्र होइन, यो अवस्था इरानका लागि आर्थिक रूपमा समेत लाभदायक देखिएको छ । केही रिपोर्टअनुसार इरानले स्ट्रेट पार गर्न चाहने केही ट्यांकरहरूसँग सुरक्षित मार्ग का नाममा शुल्क उठाइरहेको छ । मार्च २३ मा लोयडको लिष्ट इन्टेलिजेन्सले सार्वजनिक गरेको विवरणअनुसार कम्तीमा दुई जहाजले ठुलो रकम तिरेर मार्ग पार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण