पोखरा नगर सभाको निर्णय नपाएपछि वडा सदस्यले दिए आयोगमा उजुरी
सारांश
- पोखरा महानगरपालिकाको नगर सभाको निर्णय सार्वजनिक नगरेको भन्दै वडा सदस्यहरूले सूचना आयोगमा निवेदन दिए।
- नगर सभाका निर्णय उपलब्ध गराउन महानगरले बेवास्ता गरेपछि सदस्यहरू कानुनी उपचारमा लागेका हुन्।
- वडा सदस्यहरूले सूचना लुकाउने र कानुन उल्लंघन गर्ने अधिकारीलाई कारबाहीको माग गरेका छन्।
पोखरा । पोखरा महानगरपालिकाको १८औँ नगर सभा सम्पन्न भएको दुई महिना बितिसक्दा पनि निर्णय सार्वजनिक नगरिएको भन्दै महानगरका वडा सदस्यहरूले राष्ट्रिय सूचना आयोगमा सूचनाको मागसहित निवेदन दिएका छन् ।
नगर सभाका निर्णयहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पटक–पटक माग गर्दा पनि महानगर प्रशासनले बेवास्ता गरेपछि उनीहरू कानुनी उपचारमा लागेका हुन् ।
गत पुस ३० गते सम्पन्न नगर सभाको निर्णय माग गर्दै वडा नम्बर ४ का सदस्य प्रकाश कोइराला, वडा नम्बर ३३ का प्रकाश कार्की, वडा नम्बर ११ का सुशील बास्तोला र वडा नम्बर १० का पूर्णचन्द्र न्यौपानेले संयुक्त रूपमा सूचना आयोगमा निवेदन दिएका छन् ।
पुनरावेदन पत्रमा सूचना लुकाउने, आलटाल गर्ने र कानुनको उल्लङ्घन गर्ने जिम्मेवार अधिकारीलाई ऐनको दफा ३२ बमोजिम जरिबाना र विभागीय कारबाहीको मागसमेत गरिएको छ । ‘नगर सभाको निर्णय माग्न उजुरी दिनुपर्ने यो लाजमर्दो कुरा हो,’ कोइरालाले भने, ‘यसै सार्वजनिक गर्नुपर्ने निर्णय निवेदन हालेर माग्दा पनि पाइएन ।’
महानगरले नगर सभाको एजेण्डा अनावश्यक थप्दै निर्णय गर्ने गरेको गुनासो सभाकै सदस्यहरूले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण