ओली र लेखक पक्राउ गर्ने सरकारको निर्णय पूर्वाग्रही, मन्त्रिपरिषद्लाई यस्तो अधिकार छैन : नेपाल बार
सारांश
- नेपाल बार एशोसिएशनले केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णयलाई पूर्वाग्रही र गैरकानुनी ठहर्यायो।
- बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले मन्त्रिपरिषद्लाई पक्राउ र मुद्दा चलाउने अधिकार नभएको बताए।
- सरकारले क्षेत्राधिकार मिचेर विधिको शासनलाई चुनौती दिएको र यो लोकतान्त्रिक अभ्यास विपरीत रहेको मिश्रको भनाइ छ।
काठमाडौँ । नेपाल बार एशोसिएशनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्ने सरकारको निर्णयलाई पूर्णतः पूर्वाग्रही र गैरकानुनी ठहर गरेको छ। काठमाडौँमा आयोजित एक अन्तरसंवाद कार्यक्रममा बोल्दै बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रले मन्त्रिपरिषद्ले कसैलाई पक्राउ गर्ने वा मुद्दा चलाउने निर्णय गर्ने अधिकार नै नराख्ने जिकिर गरेका हुन्।
उनले कार्की आयोगको प्रतिवेदन आफैँमा पूर्वाग्रही र खण्डित रहेको दाबी गर्दै त्यसलाई कार्यान्वयन गर्ने बहानामा सरकारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेको बताए। अध्यक्ष मिश्रका अनुसार मन्त्रिपरिषद्को मुख्य जिम्मेवारी नीतिगत निर्णय गर्ने, बजेट परिचालन गर्ने र शान्ति सुरक्षा कायम गर्ने मात्र हो।

कुनै पनि फौजदारी कसुरमा जाहेरी परेपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गर्ने र त्यसको प्रतिवेदनका आधारमा सरकारी वकिलले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्ने कानुनी प्रावधान रहेको उनले स्पष्ट पारे। सरकारले क्याबिनेटबाटै यस्तो निर्णय गराउनुले राजनीतिक प्रतिशोध र मानिसलाई सधैं त्रसित एवं धरापमा राख्ने नियत देखिएको मिश्रको भनाइ छ।
सरकारले क्षेत्राधिकार मिचेर गरेको यो निर्णयले विधिको शासनलाई चुनौती दिएको बारको ठहर छ। अध्यक्ष मिश्रले कुनै पनि आयोगको प्रतिवेदन अदालतको अनुमति र कानुनी प्रक्रिया बिना सिधै कार्यान्वयनमा लैजाने व्यवस्था नभएको उल्लेख गरे।
प्रतिवेदनका आधारमा व्यक्ति विशेषलाई लक्षित गरी मन्त्रिपरिषद्बाटै गिरफ्तारीको बाटो खोल्नु लोकतान्त्रिक अभ्यास विपरीत रहेको र यस्तो खण्डित प्रतिवेदन कसैका लागि पनि स्वीकार्य नहुने उनले प्रष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण