सम्पत्ति छानबिन सम्बन्धी विषय विगतमा मैले नै उठाएको हो : प्रचण्ड
आइतबार, १५ चैत २०८२, १७ : ४१
१
सारांश
- पूर्वप्रधानमन्त्री प्रचण्डले सार्वजनिक ओहदाका व्यक्तिको सम्पत्ति छानबिनको विषय उठाएको बताए।
- उनले सरकारको निर्णयबारे अध्ययनपछि प्रतिक्रिया दिने बताए र छानबिनलाई समर्थन गर्ने जनाए।
- प्रचण्डले प्रधानमन्त्री, कर्मचारी र अन्य निकायका व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने पहिले नै बताएका थिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक ओहदामा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने विषय आफूले नै उठाएकाले अहिलेको सरकारले गरेको निर्णयप्रति आफ्नो कुनै प्रतिक्रिया नभएको बताएका छन् । संसदीय दलको बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँकी कुरा अध्ययन गरेपछि मात्र प्रतिक्रिया दिने बताए ।
‘प्रधानमन्त्री, सरकारी कर्मचारी र राज्यका निकायमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर विगतमा मैले नै उठाएको हो । सरकारले छानबिन गर्न लागिएको सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन गरेर मात्र बनौला । अहिलेको सरकारले कानुनसम्मत रूपमा गरेका कामबारे हाम्रो दलको समर्थन रहनेछ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण