इरानमा अमेरिकी स्थल आक्रमणको खतरा : कडा प्रतिकार गर्ने तेहरानको चेतावनी
सारांश
- इरानले अमेरिकाको सम्भावित स्थल आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।
- इजरायली सेनाले तेहरानका मिसाइल केन्द्रमा हमला गरेपछि इरानले इजरायलमाथि दर्जनौं मिसाइल प्रहार गरेको छ।
- युद्ध रोक्न क्षेत्रीय शक्ति राष्ट्रहरू पाकिस्तानमा आकस्मिक बैठकमा जुटेका छन्, जसले विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध पुर्याएको छ।
तेहरान । पश्चिम एसियामा जारी युद्धले भयावह रूप लिँदै गर्दा इरानले अमेरिकाको सम्भावित स्थल आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। वासिङ्टनले एकातिर वार्ताको प्रस्ताव गर्ने र अर्कोतिर गोप्य रूपमा स्थल सेना परिचालनको तयारी गरिरहेको आरोप लगाउँदै इरानले आइतबार यस्तो प्रतिक्रिया दिएको हो।
इरानी संसदका सभामुख मोहम्मद बागेर कलिबाफले राष्ट्रका नाममा सन्देश दिँदै अमेरिकाले इरानलाई घुँडा टेकाउन खोजेको तर आफूहरू कुनै पनि हालतमा अपमानित नहुने र कडा जवाफ दिने स्पष्ट पारेका छन्। फेब्रुअरी २८ बाट अमेरिका र इजरायलको आक्रमणसँगै सुरु भएको यो युद्ध अहिले दोस्रो महिनामा प्रवेश गरेको छ।
यसैबिच इजरायली सेनाले इरानी राजधानी तेहरानका ब्यालिस्टिक मिसाइल उत्पादन केन्द्र र हतियार भण्डारलाई लक्षित गरी रातभर भीषण हमला गरेको दाबी गरेको छ। जवाफमा इरानले पनि इजरायलतर्फ दर्जनौँ मिसाइल प्रहार गरेपछि त्यहाँका लाखौँ नागरिक बंकरमा शरण लिन बाध्य भएका छन्। इजरायलको दक्षिणी औद्योगिक क्षेत्रमा मिसाइल वा त्यसको भग्नावशेष खस्दा भीषण आगलागी भएको र त्यहाँ रहेका रासायनिक प्लान्टहरू जोखिममा परेको बताइएको छ।
युद्ध रोक्नका लागि क्षेत्रीय शक्ति राष्ट्रहरू पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू पाकिस्तानको इस्लामावादमा आकस्मिक बैठकमा जुटेका छन्। उनीहरूले यो युद्धले विश्वव्यापी ऊर्जा आपूर्तिमा अहिलेसम्मकै ठूलो अवरोध पुऱ्याएको र तेलको मूल्य वृद्धिले अन्तर्राष्ट्रिय ढुवानी तथा खाद्य सुरक्षामा गम्भीर असर पारेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
विशेष गरी स्ट्रेट अफ होर्मुज बन्द हुँदा विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति ठप्प भएको छ भने यमनका हुथी विद्रोहीले पनि इजरायलमाथि आक्रमण सुरु गरेपछि समुद्री मार्ग थप असुरक्षित बनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले ठूलो दबाबमा छन्। एकातिर पेन्टागनले इरानमा हप्तौँसम्म जमिनि अपरेसन गर्ने योजना बुनिरहेको र हजारौँ मरिन कमाण्डोहरू मध्यपूर्व पठाइसकिएको छ भने अर्कोतिर ट्रम्पको लोकप्रियतामा भारी गिरावट आएको छ।
विश्लेषकहरूका अनुसार ट्रम्पका लागि वार्तामार्फत बाहिरिने वा युद्ध चर्काउने दुवै विकल्प जोखिमपूर्ण छन्। यो सैन्य तनावले पश्चिम एसियालाई मात्र नभई सम्पूर्ण विश्वको अर्थतन्त्रलाई नै अनिश्चिततातर्फ धकेल्ने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण