लेबनानमा सुरक्षा क्षेत्र थप विस्तार गर्न नेतन्याहुको निर्देशन
सारांश
- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा सुरक्षा क्षेत्र विस्तार गर्न सेनालाई आदेश दिएका छन्।
- उनले हिजबुल्लाहका लडाकुको आक्रमणको खतरालाई कम गर्न र ट्याङ्क मिसाइल फायरलाई सीमाबाट टाढा सार्न चाहेको बताए।
- नेतन्याहूले इजरायली सेनाबाट हिजबुल्लाह प्रभावित भएको र रकेट प्रहार गर्ने क्षमता अझै रहेको उल्लेख गरे।
इजरायल । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार लेबनानमा सुरक्षा क्षेत्र थप विस्तार गर्न सेनालाई आदेश दिएको बताएका छन्।
“लेबनानमा मैले सेनालाई विद्यमान सुरक्षा क्षेत्र थप विस्तार गर्न आदेश दिएको छु,” नेतान्याहूले एक भिडियो वक्तव्यमा भनेका छन् ।
उगले भने, “यसको उद्देश्य दुश्मन (हिजबुल्लाहका लडाकू)को आक्रमणको खतरालाई प्रभावहीन बनाउनु र एन्टी–ट्याङ्क मिसाइल फायरलाई सीमाबाट टाढा पुर्याउनु हो ।”
नेतन्याहूले उत्तरी कमान्डको भ्रमणका क्रममा भने, “हिजबुल्लाह समूह इजरायली सेनाबाट गम्भीर रूपमा प्रभावित भएको छ तर अझै पनि इजरायलमा रकेट प्रहार गर्ने ‘अवशिष्ट क्षमता’ कायम राखेको छ।”
उनले भने, “इरान अब पहिलेको इरान रहेन, हिजबुल्लाह अब उही हिजबुल्लाह रहेन र हमास अब पहिले उही हमास रहेन।”
उनले थपे, “यी अब हाम्रो अस्तित्वलाई खतरामा पार्ने आतङ्कवादी सेनाहरू होइनन् – तिनीहरू पराजित शत्रुहरू हुन् र आफ्नै अस्तित्वको लागि लडिरहेका छन्।”
“हामी दृढ छौँ, हामी लडिरहेका छौँ, र भगवान्को सहयोगमा हामी जीतिरहेका छौँ,” नेतान्याहूले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण