अमेरिकाले दियो क्युबामा रुसी तेल ट्याङ्करलाई अनुमति
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले क्युबामा जारी ऊर्जा संकट कम गर्न रुसी झन्डा बोकेको तेल ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिने संकेत गरेका छन्।
- क्युबामाथि अमेरिकाले इन्धन नाकाबन्दी लगाएको छ, जसका कारण देशभर विद्युत कटौती र अस्पतालमा बिरामीको उपचारमा समस्या भइरहेको छ।
- ट्रम्पले रुसी तेल मात्र नभई क्युबामा तेल पठाउन चाहने सबैलाई अनुमति दिने बताए, जसले अमेरिका-क्युबा सम्बन्धमा परिवर्तन ल्याउन सक्छ।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी झन्डा बोकेको एउटा ठुलो तेल ट्याङ्करलाई क्युबा पुग्ने अनुमति दिने सङ्केत गरेका छन् । क्युबामा जारी ऊर्जा सङ्कट कम गर्न यो अनुमति दिन लागिएको हो । क्युबामाथि अमेरिकाले इन्धन नाकाबन्दी लगाएको छ । नाकाबन्दीका कारण देशभरमा बिद्युत् कटौतीको स्थिति छ भने अस्पतालले समेत बिरामीलाई राम्रोसँग उपचार दिन सकेका छैनन् ।
एनातोली कोलोडकिन नाम गरेको रुसी तेल जहाजमा करिब ७ लाख ३० हजार ब्यारेल कच्चा तेल छ । जहाज क्युबाको जल क्षेत्र नजिक पुगेको र सम्भवतः यसै हप्ताको सुरूमा माटान्जासमा डक हुने अनुमान गरिएको छ ।
ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भनेका छन्, ‘एउटा ट्याङ्कर त्यहाँ छ । कसैले तेल ल्याउन चाह्यो भने हामीलाई त्यस्तो गर्न कुनै समस्या छैन, किनकि उनीहरूले पनि बाँच्नुपर्छ, ।’ रुसी तेल मात्र नभएर क्युबामा तेल पठाउन चाहने जो कोहीलाई अनुमति दिन तयार रहेको उनले बताए । यस्तो निर्णयले अमेरिका–क्युबा सम्बन्धमा लामो समयदेखि लागू भइरहेका दबाब र नीतिहरूमा महत्त्वपूर्ण मोड ल्याएको छ ।
ट्रम्प प्रशासनले जनवरीमा राजधानी कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेयता भेनेजुएलाबाट तेल आपूर्ति रोकिदिएपछि क्युबामा ऊर्जा सङ्कट गहिरिँदै गएको थियो ।
विश्लेषकहरूले रुसी ट्याङ्करलाई रोक्ने प्रयास नगर्ने निर्णयलाई अमेरिका र क्युबाबिच उत्तेजित कूटनीतिक सम्बन्ध भएको विश्लेषण गर्दै आएका छन् । यदि अमेरिकाले ट्याङ्करलाई बलपूर्वक रोक्थ्यो भने यसले इरानसँग जारी युद्धका बिचमा रुससँग विपरीत गतिविधि पैदा गर्न सक्थ्यो ।
गत हप्ता रुस सरकारले आफू क्युबाको सरकारसँग सम्भावित सहायताको विकल्पका लागि कुराकानी गर्न सम्पर्कमा रहेको भनेको थियो । तर त्यतिबेला क्युबातर्फ तेलको ट्याङ्कर पठाइएको कुरा उल्लेख गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण