चार सचिव पद रिक्त
सारांश
- हाल नेपाल सरकारका विभिन्न मन्त्रालयहरूमा ४ सचिव पद खाली रहेको छ।
- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे फागुन १० गते अवकाशमा गएका थिए।
- भौतिक पूर्वाधार तथा यातायात र पशुपंक्षी मन्त्रालयका सचिवहरू पनि हाल खाली छन्।
काठमाडौँ । निजामती कर्मचारीको विशिष्ट श्रेणी (सचिव)पद ४ वटा खाली भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब पोर्टलमा ४ सचिव खाली भएको देखिन्छ ।
ओपिएमसिएम डट जिओभी डट एनपीका अनुसार अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव, पशुपंक्षी सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक सचिव खाली छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे फागुन १० गते अनिवार्य अवकाशमा गएका थिए । त्यसपछि सचिवमा बढुवा भएको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा चैत ९ गते अनिवार्य अवकाशमा गएका थिए ।
पशुपंक्षी सचिव गोविन्द शर्मा वन मन्त्रालयमा सरुवा भएपछि खाली मन्त्रालयमा पशुर्पंक्षी सचिव खाली छ ।
त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पनि एक सचिव पद खाली छ ।
नेपाल सरकारले सचिव स्तरमा ७१ दरबन्दी कायम गरेको छ । त्यसमध्य अहिले ६७ सचिव मात्रै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण