बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

३१ वर्ष कैद तोकिएका प्रतिवादी पुनः खैरो हेरोइनसहित पक्राउ

सोमबार, १६ चैत २०८२, १४ : ४८
सोमबार, १६ चैत २०८२

सारांश

  • लागु औषध मुद्दामा ३१ वर्ष कैद सजाय तोकिएका अन्जान राई खैरो हेरोइनसहित पक्राउ परेका छन्।
  • राई जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए।
  • प्रहरीले राईको गिरोहका सदस्य सुवास तामाङ र राहुल डङ्गोललाई पनि पक्राउ गरेको छ।

काठमाडौँ । लागु औषध मुद्दामा ३१ वर्ष कैद सजाय हुने फैसला भएका प्रतिवादीलाई प्रहरीले पुनः खैरो हेरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–१ घर भएका २८ वर्षीय अन्जान राई छन् । उनी जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए । प्रतिवादी राईलाई काठमाडौँ महानगरपालिका–७ बाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी दुर्गा राज रेग्मीले रातोपाटीलाई बताए ।

चैत १३ मा पक्राउ परेका राईको साथबाट प्रहरीले २५३ ग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । उनीविरुद्ध यसअघि ब्युरोले ४ वटा लागु औषध मुद्दामा अनुसन्धान गरेको थियो । काठमाडौँ जिल्ला अदालतले उनलाई ३१ वर्ष कैद र ४ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो ।

राईलाई पक्राउ गरेपछि उनको गिरोहका थप दुई जनालाई पक्राउ गरिएको एसपी रेग्मीले बताए । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका–४ घर भएका ३२ वर्षीय सुवास दोर्जे तामाङ र काठमाडौँको टोखा घर भएका २४ वर्षीय राहुल डङ्गोल छन् । उनीहरूको साथबाट ५२.७५० ग्राम खैरो हेरोइन बरामद गरिएको एसपी रेग्मीले बताए । आरोपीहरू विरुद्ध प्रहरीले लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसारको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप