भारतीय ट्रकको सहज प्रवेशले नेपाली ढुवानी व्यवसायी संकटमा
बुटवल। भारतीय मालबाहक ट्रकहरू सहज रूपमा नेपाल प्रवेश गर्दा नेपाली ढुवानी व्यवसायी समस्यामा परेको गुनासो गरेका छन् ।
व्यवसायीहरूका अनुसार भारतीय ट्रकहरूले प्रायः ओभरलोड सामान बोकेर नेपाल प्रवेश गर्ने गरेका छन् । एउटै यात्रामा ठूलो परिमाणमा सामान ढुवानी गर्न सक्ने हुँदा नेपाली ट्रकहरू प्रतिस्पर्धामा कमजोर बन्दै गएको उनीहरू बताउँछन् ।
पश्चिमाञ्चल यातायात व्यवसायीका पूर्व सचिव एवं १४औँ अधिवेशनका अध्यक्ष उम्मेदवार पंकज राईले भारतीय ट्रकलाई दिइने ७२ घण्टे रुट परमिट नियम पुनरावलोकन गर्नुपर्ने बताएका छन् । यही हप्ता हुने समितिको अधिवेशनका क्रममा ट्रक व्यवसायीका समस्या बुझ्न विभिन्न ठाउँमा जाँदा यस्तो समस्या भेटिएको उनले बताए ।
उनका अनुसार हाल भारतीय ट्रकहरूलाई एकपटक प्रवेश गर्दा ७२ घण्टासम्म सञ्चालन अनुमति दिइँदा उनीहरूले सिधै गन्तव्यसम्म सामान पुर्याउने गरेका छन्, जसले नेपाली ट्रकहरूलाई कामबाट वञ्चित बनाइरहेको छ । राईले ७२ घण्टे परमिट घटाएर २४ घण्टामा सीमित गर्नुपर्ने माग राख्दै त्यसो गरिए भारतीय ट्रकहरू सीमासम्म मात्र आउने र त्यसपछि नेपाली ट्रकहरूले ढुवानीको अवसर पाउने बताए ।
उनले भारतीय ट्रकहरूको उच्च वहन क्षमता र भारतमा इन्धन सस्तो हुनुका कारण पनि नेपाली व्यवसायी प्रतिस्पर्धामा टिक्न कठिन भइरहेको उल्लेख गरे ।
त्यस्तै, कतिपय भारतीय ट्रकहरूले जरिवाना तिरेर पनि ओभरलोड सामान बोकेर हिँड्ने प्रवृत्ति कायम रहेको बताइएको छ ।
ओभरलोडका कारण सडक तथा पुलहरूमा समेत क्षति पुगेको उदाहरण रहेको भन्दै व्यवसायीहरूले दुम्कीबास पुल भाँचिएको घटनालाई पनि यसैसँग जोडेर हेरेका छन् ।
भारतीय ट्रकहरूले सिधै अन्तिम गन्तव्यसम्म सामान पुर्याउने प्रवृत्ति बढ्दै जाँदा नेपालभित्रको आन्तरिक ढुवानी काम घट्दै गएको र यसले दीर्घकालीन रूपमा नेपाली व्यवसायी पलायन हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण