प्रतिकुलतामा एकजुट हुन नेता कार्यकर्तालाई महामन्त्री पौडेलको अपिल
सारांश
- महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका लागि सबै नेता कार्यकर्तालाई एकजुट हुन आग्रह गरे।
- उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै अहिलेको प्रतिकुलतामा छिन्नभिन्न नहुन आग्रह गरे।
- पौडेलले एकताको बलमा विगतमा कांग्रेसले सफलता हासिल गरेको स्मरण गराए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने बताए ।
देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रहेर एकजुट रहेको भन्दै उनले एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गरेका छन् । अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै उनले पार्टी महामन्त्री मात्र नभै इमानदार कार्यकर्ता भएर एकजुट हुन अपिल गरे ।
‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ उनले भने, ‘म पार्टी महामन्त्री मात्र नभै एक इमानदार कार्यकर्ता भएर भन्दै छु– हामी सबै एकजुट होऔँ !’
महामन्त्री पौडेलले नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताए । ‘एकताको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण