सुरक्षा नियम मिच्ने अफ्रिदीलाई जरिवाना, सिकन्दर राजा भने जोगिए
सारांश
- लाहोर कलन्दर्सले कप्तान शाहीन शाह अफ्रिदीलाई सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा १० लाख जरिवाना गरेको छ।
- सिकन्दर राजाले घटनाको जिम्मेवारी लिँदै अफ्रिदीलाई दोषमुक्त गराउने प्रयास गरेका थिए, तर उनीमाथि कारबाही भएन।
- पञ्जाब प्रहरीले अफ्रिदी र राजाले अनुमति बिना पाहुना राखेको आरोप लगाएको थियो, जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो।
लाहोर । लाहोर कलन्दर्सले आफ्ना कप्तान शाहीन शाह अफ्रिदीलाई १० लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ। टोली बसेको होटलमा सुरक्षा मापदण्ड उल्लंघन गरेको आरोपमा पञ्जाब प्रहरीले उनीमाथि प्रश्न उठाएको थियो।
टोलीमा अनुशासन कायम राख्न र उत्तरदायी बनाउन अफ्रिदीलाई यो जरिवाना गरिएको लाहोर कलन्दर्सले जनाएको छ। सोही घटनामा संलग्न अर्का खेलाडी सिकन्दर राजामाथि भने कुनै कारबाही गरिएको छैन।
राजाले हिजो आयोजित पत्रकार सम्मेलनमा घटनाको जिम्मेवारी लिँदै अफ्रिदीलाई दोषमुक्त गराउने प्रयास गरेका थिए। पञ्जाब प्रहरीले पीएसएलका सीईओ सलमान नासिरलाई लेखेको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि यो घटना बाहिर आएको हो।
पत्रमा अफ्रिदी र राजाले सुरक्षा अधिकारीको अनुमति बिना नै आफ्नो कोठामा पाहुना लगेको र करिब तीन घण्टासम्म राखेको आरोप लगाइएको छ। लाहोर कलन्दर्सले घटनाका केही विवरण स्वीकार गरे पनि यसलाई सार्वजनिक रूपमा बढाइचढाइ गरिएको दाबी गरेको छ।
यो घटना नियोजित नभई असमझदारीका कारण भएको भन्दै क्लबले सुरक्षा प्रोटोकलप्रति आफ्नो पूर्ण सम्मान रहेको स्पष्ट पारेको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन क्लबले सुरक्षा मापदण्ड र सञ्चार प्रणालीमा थप स्पष्टता ल्याउने प्रतिबद्धता समेत जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण