रामेछापबाट गर्भवती महिलाको हवाई उद्धार
सारांश
- रामेछापकी एक गर्भवती महिलालाई हवाई उद्धार गरी काठमाडौं लगियो।
- महिलाको पेटमा रहेको बच्चाको स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरिएको थियो।
- उनलाई थप उपचारका लागि थापाथली अस्पतालमा भर्ना गरिएको छ।
हेटौंडा । ज्यान जोखिममा परेकी एक गर्भवती महिलाको हवाई उद्धार गरी काठमाडौं पुर्याइएको छ । रामेछापको मन्थली नगरपालिका-१ की ३५ वर्षीया बेलीमाया तामाङलाई गम्भीर अवस्थाका कारण रामेछाप अस्पतालबाट मन्थली अस्पतालमा रेफर गरी भर्ना गरिएको थियो ।
चिकित्सकका अनुसार २९ हप्ता ४ दिनको गर्भ रहेकी तामाङ पाँच दिनदेखि गर्भमा रहेको बच्चा नचलेको भन्दै अस्पताल पुगेकी थिइन् । जाँचका क्रममा उनलाई ‘आईयूएफडी’ (गर्भमै शिशुको मृत्यु) तथा सम्भावित ‘डीआईसी’ समस्या देखिएको र स्थानीय अस्पतालमा उपचार सम्भव नभएकाले तत्काल उद्धार आवश्यक भएको थियो ।
यसपछि ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरिएको हवाई उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई मंगलबार काठमाडौं ल्याइएको हो । उद्धारपछि तामाङलाई उपचारका लागि स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीमा भर्ना गरिएको छ । चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण