प्रमुख प्रशासकीय अधिकृतविहीन ४ उपमहानगरपालिकामा सरकारले पठायो सहसचिव
सारांश
- सरकारले ४ उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ।
- मन्त्रिपरिषद् बैठकले ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गर्यो।
- प्रदीप परियारलाई प्रधानमन्त्रीको निजी सचिव र अन्यलाई विभिन्न उपमहानगरपालिकामा खटाइयो।
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतविहीन ४ वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ ।
चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ४ वटा उपमहानगरपालिका सहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ ।
यस्तै सामान्यमै अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई पठाएको छ ।
यस्तै बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकारुपमा दीपक ज्ञवालीलाई पठाएको ट भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञान हरि घिमिरेलाई पठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस्तै सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण