बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रियंका र निकको विवाहमा यसो भन्छिन् बेलायती राजकुमारी

मङ्गलबार, १५ साउन २०७५, १२ : ०७
मङ्गलबार, १५ साउन २०७५

प्रियंकाले गत जुलाई १८ तारिखमा अमेरिकी गायक एवं नायक निक जोनससँग इन्गेजमेन्ट गरिन् । अहिलेसम्म यी दुईको विवाह अक्टोबरमा हुने भनिएको थियो तर ताजा जानकारी अनुसार दुबैको विवाह निकको जन्मदिन अर्थात् सेप्टेम्बर १६ तारिखमा हुने बताइएको छ । यसैबीच प्रियंकाकी नजिककी साथी र बेलायत राजकुमार ह्यारीसँगको विवाहपछि राजकुमारी बनेकी मेगन मर्केलले प्रियंका र निकलाई शुभकामना दिँदै उनीहरुलाई चाँडै नै उत्कृष्ट, सुन्दर र प्रतिभाशाली बच्चा जन्माउन सल्लाह दिएकी छिन् ।

प्रियंकाको ब्राइड्समेट बन्न चाहन्छिन् मेगनः

प्रियंका चोपडा र निकको विवाहका लागि मेगन निकै उत्साहित छिन् । मेगनका अनुसार प्रियंका अमेजिङ पर्सनालिटी भएकी महिला हुन् र उनका लागि निक बेस्ट छन् । उनलाई लाग्छ कि यो हट जोडी विवाहपछि थप शानदार हुनेछन् ।

स्मरण रहोस्, मेगन प्रियंकाकी नजिककी साथी हुन् । उनले आफ्नो विवाहमा प्रियंकालाई पनि निम्तो दिएकी थिइन् ।

निकका साथ लन्डनमा जन्मदिन मनाउदै प्रियंका

इन्गेज्ड ! : निकसँग विवाहका लागि प्रियंकाले छाडिन् सलमानको फिल्म

उमेरमा ११ वर्ष कान्छा तर कमाईमा प्रियंकाभन्दा धेरै माथि छन् उनका भावी श्रीमान्

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप