ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण
सारांश
- ढोरपाटनमा दादुरा सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन, खोप अभियान जारी छ ।
- खोप लगाएपछि सङ्क्रमितको सङ्ख्या घटे पनि पूर्ण नियन्त्रण हुन सकेको छैन ।
- तमानखोलामा पनि शङ्कास्पद बिरामी देखिएपछि खोप लगाउने योजना छ ।
बागलुङ । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो ।
फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोर किशोरीलाई खोप लगाएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन भने सकेको छैन । विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो ।
खोप लगाएपछि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या कम भए पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनका अनुसार ढोरपाटनसँगै तमानखोला गाउँपालिकाका दुई शङ्कास्पद बिरामी रहेका उनको भनाइ छ । हालसम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको शर्माले जानकारी दिए । दादुराको लक्षण देखिएका ३३ जनाको नमुना सङ्कलन गरी काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनको भनाइ छ ।
हालसम्म पाँच हजार ९३४ जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोर किशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । हालसम्म २०५ शङ्कास्पद बिरामी छन् । हाल चार बिरामी अस्पतालमा उपचाररत छन् । तमानखोलामा शङ्कास्पद बिरामी देखिएपछि पश्चिम बागलुङका चारवटै पालिकामा खोप लगाउने योजना रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण