फोडेनको विश्वकप यात्रा संकटमा, प्रशिक्षकले दिए चेतावनी
सारांश
- इंग्ल्याण्डका प्रशिक्षक थोमस टुकलले फिल फोडेनको विश्वकप टोलीमा स्थान पक्का नभएको बताए।
- जापानसँगको खेलमा फोडेनले राम्रो प्रदर्शन गर्न नसकेपछि उनको स्थानबारे संशय उत्पन्न भएको हो।
- प्रशिक्षक टुकलले फोडेनले प्रशिक्षणमा राम्रो गरे पनि मैदानमा प्रभाव पार्न नसकेको बताए।
लण्डन । इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुकलले स्टार मिडफिल्डर फिल फोडेनको विश्वकप टोलीमा स्थान सुरक्षित नभएको बताएका छन्। म्यानचेस्टर सिटीका २५ वर्षीय खेलाडीले टुकलको अन्तिम प्रशिक्षण क्याम्पका दुवै खेलमा सुरुवाती अवसर पाए पनि आफ्नो प्रभाव छाड्न नसकेपछि उनको स्थानबारे संशय उत्पन्न भएको हो।
विशेष गरी मंगलबार जापानसँगको पराजयका क्रममा घाइते ह्यारी केनको अनुपस्थितिमा फल्स नाइनको भूमिकामा उत्रिएका फोडेन पूर्ण रूपमा असफल देखिएका थिए। खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जर्मन प्रशिक्षक टुकलले फोडेन विश्वकप टोलीमा पर्ने कुनै ग्यारेन्टी नरहेको स्पष्ट पारे।
उनले फोडेन प्रशिक्षणमा उत्कृष्ट देखिए पनि मैदानमा त्यसलाई उतार्न संघर्ष गरिरहेको टिप्पणी गरे। सिटीका लागि पछिल्लो समय पर्याप्त खेल समय नपाएका फोडेनले राष्ट्रिय टोलीबाट खेल्दा उस्तै उत्साह र प्रभाव देखाउन नसक्नु चिन्ताको विषय बनेको टुकलको भनाइ छ।
जापानविरुद्धको खेलमा ५९ मिनेटसम्म मैदानमा रहँदा फोडेनले विपक्षी रक्षापंक्तिमा कुनै दबाब सिर्जना गर्न सकेनन्, जसका कारण टुकलले उनलाई हटाएर डोमिनिक सोलांकेलाई मैदान प्रवेश गराउनु परेको थियो।
तथ्याङ्क हेर्ने हो भने पनि फोडेनको लय खस्किएको प्रस्ट हुन्छ। उनले म्यानचेस्टर सिटीका पछिल्ला १५ खेलमध्ये जम्मा चार खेलमा मात्र सुरुवाती अवसर पाएका छन् भने गत डिसेम्बर १४ यता कुनै गोल गर्न सकेका छैनन्।
फिफाको नियम अनुसार टुकलले मे ३० सम्ममा आफ्नो अन्तिम २४ सदस्यीय टोलीको नामावली बुझाइसक्नुपर्नेछ। जुन १७ मा टेक्ससको अर्लिङ्टनमा क्रोएसियाविरुद्ध खेल्दै इंग्ल्याण्डले आफ्नो विश्वकप अभियान सुरु गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण