बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अर्थ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

बिहीबार, १९ चैत २०८२, १० : ५२
बिहीबार, १९ चैत २०८२

सारांश

  • आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको छ।
  • हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
  • चाँदीको मूल्यमा पनि गिरावट आएको छ, प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको छ।

महासंघका अनुसार सुनको सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको हो हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ । यस्तै अघिल्लो दिन प्रति १० ग्राम २ लाख ५५ हजार १४५ रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४,९४५ रुपैयाँ थियो।
त्यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप