सलमानको ‘मातृभूमि’ को नयाँ रिलिज मिति सार्वजनिक
सारांश
- सलमान खानको फिल्म 'मातृभूमि' रिलिज हुनु अघि नै चर्चामा रहेको छ।
- प्राविधिक कारणले फिल्मको रिलिज मिति सरेको थियो, तर अब मे १५ मा सिनेमाघरमा आउने भएको छ।
- फिल्मको नाम 'ब्याटल अफ गलवान' बाट 'मातृभूमि' मा परिवर्तन गरिएको छ र यसमा चित्रांगदा सिंहले सलमान खानको साथ दिनेछिन्।
मुम्बई । बलिउडका स्टार सलमान खानको प्रतिक्षित फिल्म ‘मातृभूमि’ रिलिज हुनुपूर्व नै चर्चाको शिखरमा छ । फिल्मको रिलिज मिति सरेपछि निकै निराश बनेका फ्यानहरूका लागि अहिले खुसीको खबर आएको छ ।
यसअघि अप्रिल १० मा रिलिज हुने तय भएको ‘मातृभूमि’ प्राविधिक कारणले पछि सारिएको थियो, जसले सलमानका फ्यानहरूलाई खिन्न बनाएको थियो । त्यति मात्र होइन, फिल्मको नाम समेत परिवर्तन गरिएको छ ।
सुरुमा ‘ब्याटल अफ गलवान’ नाम राखिएको यो फिल्म अब ‘मातृभूमि’ को नामबाट हलमा आउने निश्चित भएको छ । बलिउड हंगामाको रिपोर्ट अनुसार यो फिल्म अब मे १५ मा सिनेमाघरहरूमा प्रदर्शन हुने तयारीमा छ ।
फिल्मको बाँकी रहेको सम्पूर्ण छायांकन पूरा भइसकेकाले निर्माण पक्ष अब यसलाई धेरै नपर्खिने मुडमा छ । यद्यपि निर्माण टोलीले नयाँ रिलिज मितिबारे आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।
अपूर्वा लाखियाको निर्देशनमा बनिरहेको यो फिल्ममा सलमान खानको जोडीका रूपमा अभिनेत्री चित्रांगदा सिंह देखिनेछिन् । फिल्मको फर्स्ट लुक्स यसअघि नै सार्वजनिक भइसकेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण