कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउनका प्रतिबद्ध छु: कानुनमन्त्री गौतम
आइतबार, २२ चैत २०८२, १२ : ११
सारांश
- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छिन् ।
- उनले सरकारलाई जबाफदेही बनाउन संसद्को भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएकी छिन् ।
- जनताको आवश्यकतालाई सम्बोधन गर्न कानुन निर्माणमा ढिलाइ गर्ने छुट नभएको उनले स्पष्ट पारेकी छिन् ।
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छिन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । मन्त्री गौतमले सङ्घीय संसद्ले आगामी दिनमा काम गर्ने थलोको रूपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताइन् । उनले सरकारलाई जबाफदेही बनाउन सङ्घीय संसद्को भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिए ।
मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न पनि कानुन निर्माण गर्ने काममा संसदमा ढिलाइ गर्ने छुट नभएको पनि स्पष्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण