‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
मोरङ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्।
महासङ्घ कोशी प्रदेशको आठौँ प्रदेशसभा तथा निर्वाचन कार्यक्रम–२०८२ को आज विराटनगरमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोतसाधानको अधिकतम उपयोग गरी मुलुकमा आर्थिक समृद्धि ल्याउनुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले मुलुकमा ८६ प्रतिशत रोजगारी सिर्जना गरेको निजी क्षेत्रप्रति वर्तमान सरकारको दृष्टिकोणमा परिवर्तन भएको जानकारी गराए ।
कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले निजी क्षेत्रमैत्री कानुन निर्माण गरी मुलुकको अर्थतन्त्र चलायमान बनाउनुपर्ने सुझाव दिए । महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्रबहादुर राउतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै प्रदेशमा कृषि, जलविद्युत् र पर्यटन क्षेत्रमा अपार सम्भावना रहेकाले यसमा लगानी गर्न उद्योगी एवं व्यवसायीलाई आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण