आजको मौसम : देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात
सारांश
- पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका पहाडी तथा हिमाली भू-भागमा वर्षा र हिमपात भइरहेको छ।
- आज देशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
- मौसम पूर्वानुमान महाशाखाले वर्षा र चट्याङको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
अहिले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बादल लागेको अवस्था छ। तराईका अन्य क्षेत्रमा भने मौसम सफा देखिएको छ।
गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यस्तै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा पनि फाट्टफुट्ट पानी परिरहेको छ भने उच्च हिमाली भेगमा हिमपातको प्रक्रिया जारी छ।
सोमबार दिनभर देशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने र बाँकी भागमा पनि आंशिक बदली हुने देखिएको छ। महाशाखाका अनुसार आज पहाडी तथा हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
वर्षा र चट्याङको सम्भावना रहेकाले पहाडी भेगका बासिन्दालाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। विशेष गरी पदयात्रामा रहेका पर्यटक र हिमाली क्षेत्रका बासिन्दाले मौसमको अवस्था हेरेर मात्रै यात्रा तय गर्न सुझाव दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण