शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

यूएस ओपन करातेमा सन्तोषलाई काँस्य

सोमबार, २३ चैत २०८२, ०६ : ३६
सोमबार, २३ चैत २०८२

सारांश

  • अमेरिकाको टेक्सासमा जारी यूएसए ओपन कराते च्याम्पियनसिपमा नेपाली खेलाडी सन्तोष राईले काता विधातर्फ काँस्य पदक जितेका छन्।
  • सन्तोषले रिपेचाज चरणमा अमेरिकी खेलाडी कारास्क्वेललाई पराजित गर्दै नेपालका लागि पदक पक्का गरेका हुन्।

काठमाडौं । अमेरिकाको टेक्सासमा जारी यूएसए ओपन कराते च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडी सन्तोष राईले देशका लागि पदक जितेका छन्। फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आइतबार भएको प्रतिस्पर्धामा सन्तोषले काता विधातर्फ काँस्य पदक हात पारेका हुन्।

पदक जित्ने क्रममा सन्तोषले रिपेचाज चरणमा अमेरिकी खेलाडी कारास्क्वेललाई पराजित गरे। त्यसअघि उत्कृष्ट सुरुवात गरेका उनले पहिलो खेलमा अमेरिकाका भियारो पिएरपाओलो र दोस्रो खेलमा कोम्पस जोनीलाई हराएका थिए। 

तर, तेस्रो खेलमा ओसाको हिसाओसँग पराजित भएपछि उनको फाइनल पुग्ने बाटो बन्द भएको थियो। फाइनल पुग्न नसके पनि रिपेचाजमार्फत उनले नेपालको झण्डा फहराउन सफल भए।

सन्तोषले फाइट (कुमिते) विधामा पनि कडा चुनौती पेश गरेका थिए। फाइटमा उनले लगातार पाँच बाउट जितेर सबैको ध्यान खिचे पनि पदक भने जित्न सकेनन्।पदकका लागि भएको अन्तिम भिडन्तमा उनी सार्दी मार्सेलोसँग पराजित भए। 

प्रशिक्षक सुनिल लामाले सन्तोषको प्रदर्शन सन्तोषजनक रहेको र अन्तिम समयमा केही सानो गल्तीले अर्को पदक गुमेको बताए। फाइटतर्फ उनले पहिलो खेलमै अमेरिकी प्रतिद्वन्द्वीलाई ७–० को फराकिलो अन्तरले हराएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप