इरान र अमेरिका बिचको संवादमा सहजीकरण गर्दैछन् पाकिस्तान र इजिप्ट
सारांश
- पाकिस्तान र इजिप्टले इरान र अमेरिकाबिच सञ्चार समन्वय गरिरहेका छन्।
- पाकिस्तानी विदेशमन्त्रीले इरानी समकक्षीसँग टेलिफोन संवाद गर्दै तनाव घटाउन कूटनीतिक माध्यममा जोड दिएका छन्।
तेहरान । पाकिस्तान र इजिप्टले इरान र अमेरिकाबिच सञ्चार समन्वय गरिरहेका छन् । ती दुई देशले समन्वय गरिरहेको पाकिस्तानी अधिकारी सम्बद्ध स्रोतलाई उद्धृत गर्दै आइतबार सीएनएनले समाचार प्रकाशित गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा आवागमन खुलाउन इरानलाई नयाँ समय सीमा दिएको समयमै उक्त समाचार आएको हो । उनले आइतबार एक्सियोससँगको अन्तर्वार्तामा आफ्ना विशेष दूतहरू स्टीव विटकफ र जेरेड कुशनर इरानसँग वार्तामा संलग्न रहेको बताएका थिए ।
यसैबिच, पाकिस्तानको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विदेशमन्त्री मोहम्मद इसहाक दारले आफ्ना इरानी समकक्षी अब्बास अराघचीसँग टेलिफोन संवाद गरेको जनाएको छ ।
उक्त संवादका क्रममा दारले तनाव घटाउने सबै प्रयासमा पाकिस्तानको पूर्ण समर्थन रहेको दोहोर्याउँदै समस्याहरूको समाधान संवाद र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए । साथै, क्षेत्रीय स्थिरता कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता पनि उनले औँल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण