‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’
धनुषा । मधेस प्रदेश सरकारका अर्थमन्त्री महेशप्रसाद यादवले पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणप्रति प्रदेश सरकार सधैँ सकारात्मक र प्रतिबद्ध रहेको बताएका छन् ।
धनुषाको ढल्केवरमा मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री यादवले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको उल्लेख गरे । उनले पत्रकारहरूले भोगिरहेका समस्या र चुनौती समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताउँदै आवश्यक नीतिगत तथा संरचनागत सुधारमा ध्यान दिइने बताए।
“पत्रकारहरूको पेसागत सुरक्षा, क्षमता अभिवृद्धि र सामाजिक सुरक्षाको सुनिश्चितता हाम्रो प्राथमिकतामा रहेको छ,” मन्त्री यादवले भने, “सञ्चार क्षेत्र सशक्त भए मात्र सुशासन र पारदर्शिता कायम गर्न सकिन्छ ।” उनले सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन र सञ्चारमाध्यमहरूसँग सहकार्य बढाउन प्रदेश सरकार तत्पर रहेको पनि स्पष्ट पारे । साथै, पत्रकारिता क्षेत्रलाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सहभागी पत्रकारहरूद्वारा प्रस्तुत समस्या तथा सुझावहरू कार्यान्वयनका लागि सकारात्मक पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण