सेयर बजार अब सोमबारदेखि शुक्रबारसम्म कारोबार
बुधबार, २५ चैत २०८२, १२ : २७
सारांश
- नेपाल स्टक एक्सचेन्जले शनिबार र आइतबार सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
- सरकारको सार्वजनिक बिदाको निर्णयसँगै नेप्सेले कारोबार तालिका परिमार्जन गरेको हो ।
- अब सेयर बजार सोमबारदेखि शुक्रबारसम्म मात्र सञ्चालन हुनेछ ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार शनिबार र आइतबार बन्द गर्ने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेसँगै नेप्सेले पनि सोही अनुरूप आफ्नो कारोबार तालिका परिमार्जन गरेको हो ।
नेप्सेले एक सूचना जारी गर्दै शनिबार र आइतबारबाहेक साबिककै समयमा धितोपत्रको कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुल्ने र शुक्रबार र शनिबार बन्द हुने गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण