१० खेलाडीमा सीमित बार्सिलोना घरेलु मैदानमा स्तब्ध
सारांश
- च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा एथ्लेटिको म्याड्रिडले घरेलु टोली बार्सिलोनालाई २-० गोलले पराजित गरेको छ।
- पाउ कुबार्सीले रातो कार्ड खाएपछि बार्सिलोना खेलको अधिकांश समय १० खेलाडीमा सीमित भएको थियो।
- जुलियन अल्भारेज र एलेक्जेन्डर सोर्लोथको गोलको मद्दतले एथ्लेटिको म्याड्रिडले दोस्रो लेगका लागि बलियो आधार तयार पारेको छ।
क्याम्प नोउ । च्याम्पियन्स लिगको सेमिफाइनल यात्रातर्फ पाइला चाल्ने क्रममा एथ्लेटिको म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा महत्त्वपूर्ण जित हात पारेको छ। बुधबार राति सम्पन्न क्वार्टरफाइनलको पहिलो लेगमा एथ्लेटिकोले १० खेलाडीमा सीमित बार्सिलोनालाई उसैको मैदानमा स्तब्ध बनाउँदै २-० को जित दर्ता गरेको हो।
सन् २००६ यता क्याम्प नोउमा जित निकाल्न नसकेको इतिहासलाई उल्ट्याउँदै एथ्लेटिकोले अब दोस्रो लेगका लागि बलियो आधार तयार पारेको छ। खेलको सुरुवाती समयमा बार्सिलोनाले निकै आक्रामक खेल प्रदर्शन गरे पनि पहिलो हाफको अन्त्यतिर भएको एउटा घटना खेलको टर्निङ प्वाइन्ट बन्यो।
जुलियानो सिमिओनी गोलका लागि एक्लै अघि बढिरहेको अवस्थामा बार्सिलोनाका डिफेन्डर पाउ कुबार्सीले उनलाई लडाएपछि रेफ्री इस्तभान कोभाक्सले सुरुमा पहेँलो कार्ड देखाएका थिए। तर, भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को रिभ्युपछि उक्त निर्णय रातो कार्डमा बदलियो र बार्सिलोना १० खेलाडीमा खुम्चिन पुग्यो। सोही फलमा पाएको फ्रिकिकलाई जुलियन अल्भारेजले आकर्षक गोलमा बदल्दै एथ्लेटिकोलाई सुरुवाती अग्रता दिलाए।
दोस्रो हाफमा एक खेलाडी कम भए पनि बार्सिलोनाले खेलमा फर्कने कडा संघर्ष गरेको थियो। बार्सिलोनाका मार्कस रासफोर्डले प्रहार गरेको फ्रिकिक क्रसबारमा ठोकिएपछि टोली बराबरी गर्नबाट चुक्यो।
बार्सिलोनाले दबाब बढाइरहेकै बेला एथ्लेटिकोले अर्को घातक प्रहार गर्यो। माटियो रुगेरीको सटिक क्रसलाई एलेक्जेन्डर सोर्लोथले पोस्टको दिशा दिँदै एथ्लेटिकोको अग्रता दोब्बर बनाए।
यो हारसँगै बार्सिलोनाका लागि च्याम्पियन्स लिगको अघिल्लो यात्रा कठिन बनेको छ। अब अर्को मंगलबार म्याड्रिडमा हुने दोस्रो लेगमा बार्सिलोनाले पुनरागमन गर्न ठुलै चमत्कार गर्नुपर्नेछ भने एथ्लेटिको म्याड्रिड आफ्नै मैदानमा घरेलु दर्शकको साथ पाउने हुँदा थप उच्च मनोबलका साथ मैदान उत्रनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण