सम्झौता अनुसार काम नगर्ने दुई निर्माण कम्पनीकाे ठेक्का तोड्ने चेतावनी
सारांश
- सडक डिभिजन कार्यालय भरतपुरले सम्झौता अनुसार काम नगर्ने दुई निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरणसहितको अन्तिम चेतावनी दिएको छ।
- तोकिएको समयमा काम नसकी अलपत्र पारेका परासी निर्माण सेवा प्रालि र डोलेप कन्स्ट्रक्सनलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको हो।
- चित्तबुझ्दो जवाफसहित काम सुरु नगरेमा ती कम्पनीहरूको ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने निर्णय गरिएको छ।
काठमाडौँ । सडक डिभिजन कार्यालय भरतपुरले सम्झौता बमोजिम सडक निर्माणको कार्य सम्पन्न नगर्ने दुई वटा निर्माण कम्पनीलाई ठेक्का सम्झौता किन अन्त्य नगर्ने भन्दै ७ दिने अन्तिम चेतावनी दिएको छ ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै निर्माण कार्य सुरु गरेर पनि उचित कारण बिना काम स्थगित गरी बिचमै अलपत्र छोडेको, कार्यतालिका बमोजिम प्रगति नगरेको र तोकिएको समय सीमाभित्र काम सम्पन्न नगरेको भन्दै ती कम्पनीहरूलाई स्पष्टीकरण सोधेको हो ।
कारबाहीको चेतावनीमा परेका कम्पनीमध्ये परासी निर्माण सेवा प्रालि देवचुली–१३, नवलपरासीको यस कम्पनीले नवलपुरको देवचुली–१३ स्थित हुलाकी राजमार्ग, केउरानी–बोटे–पिप्रहर–गैँडाकोट (थारु बोटे माझी मुसहर कोरिडोर) र दलदले चोक–दलदले डेरी–कुमारवर्ती मन्दिर–हुलाकी राजमार्ग हुँदै चितवन जोड्ने सडक (विपी मार्ग) स्तरोन्नतिको ठेक्का पाएको थियो ।
यस्तै, डोलेप कन्स्ट्रक्सन, नुवाकोट कम्पनीले चितवनको भरतपुर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका जोड्ने शक्तिखोर–सिद्धि इच्छाकामना सडक खण्ड अन्तर्गत कालिका–१० सिद्धि छेर्वाङको धिम्बेली भिर र जातबाङ भिर क्षेत्रमा सडक स्तरोन्नतिको ठेक्का पाएको थियो ।
तर समयमा काम नगरेको भन्दै सडक डिभिजन भरतपुरका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा नियमावली, २०६४ को नियम १२८ बमोजिम ती निर्माण कम्पनीहरूसँगको सम्झौता अन्त्य गरी उनीहरूलाई कालोसूचीमा राख्न तथा किन कारबाही नगर्ने भन्दै प्रश्न उठाएको छ ।
सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित निर्माण स्थलमा काम सुरु नगरेमा स्वतः सम्झौता अन्त्य गरिने र नियमानुसार कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने सडक डिभिजन कार्यालयले स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण