आजै साँझ उपसभामुखलाई शपथ खुवाउने शीतल निवासको तयारी
शुक्रबार, २७ चैत २०८२, १२ : १७
सारांश
- उपसभामुखको शपथग्रहण कार्यक्रम आज साँझ ६ बजे शीतल निवासमा सम्पन्न हुने भएको छ।
- प्रतिनिधि सभाको बैठकले आज दिउँसो ४ बजे उपसभामुख चयन गर्नेछ।
काठमाडौँ । उपसभामुखको शपथग्रहण कार्यक्रम आजै सम्पन्न हुने भएको छ । आज साँझ ६ बजेका लागि शपथको समय निर्धारण गरिएको राष्ट्रपतिको कार्यालय शीतल निवासले जानकारी दिएको छ ।
आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकले उपसभामुखको चयन गर्दैछ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा एक्लैको १८२ मत छ । पार्टीले ठाकुरलाई समर्थन गरेकोले उनी निर्वाचित हुने निश्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण