एक प्रतिशत काम बाँकी रहँदा अलपत्र परेको कर्णाली रङ्गशालाको काम सम्पन्न गर्न निर्देशन
सारांश
- कर्णाली प्रदेशको प्रादेशिक रङ्गशालाको ९९ प्रतिशत काम सकिए पनि एक वर्षदेखि निर्माण कार्य अलपत्र परेको छ।
- मुख्यमन्त्री यामलाल कँडेलले बाँकी रहेको एक प्रतिशत काम तत्काल सम्पन्न गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन्।
- रङ्गशालाको काम पूरा गर्नका लागि आवश्यक बजेट विनियोजन भइसकेको मुख्यमन्त्री कँडेलले जानकारी दिएका छन्।
सुर्खेत । विगत एक वर्षदेखि अलपत्र कर्णालीको प्रादेशिक रङ्गशालाको काम चाँडो सम्पन्न गर्न सरकार बल्ल अग्रसर भएको छ ।
यसअघि समयमै खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्त गर्न नसक्दा ९९ प्रतिशत काम सम्पन्न भइसकेको रङ्गशाला अलपत्र परेको थियो ।
सदस्यसचिव नियुक्त भएसँगै रङ्गशालाको एक प्रतिशत काम पनि चाँडो सम्पन्न गर्न मुख्यमन्त्री यामलाल कँडेलले सदस्यसचिव र निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
शनिबार प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै कँडेलले रङ्गशालाको बाँकी काम अघि बढाउन बजेट समेत विनियोजन भइसकेको बताए ।
‘अब काम कति छ, सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्त्रण गर्ने वातावरण मिलाउनुहोस्,’ उनले निर्माण कम्पनीलाई पनि भने, ‘अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन, सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण